Comments Add Comment

सुरु भयो दीपक-दीपाको ‘वडा नम्बर ६’

daya-and-priyanka
चलचित्र ‘छ एकान छ’को सफलतापछि निर्मातात्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले ‘वडा नम्बर ६’ सुरु गरेका छन् । आज काठमाण्डौको चापागाँई स्टूडियोमा कलाकाहरु दीपकराज गिरी, दयाहाङ राई, अरुणा कार्की, पि्रयंका कार्की लगायतले पहिलो टेक दिएका छन् ।

धुलिखेलबाट चलचित्रको छायांकन सुरु गर्ने योजना रहेपनि सार्क सम्मेलनमा देखिएको सवारीको समस्याका कारण काठमाण्डौ भित्रैबाट छायांकन आरम्भ गरिएको हो । केही सातापछि काठमाण्डौ बाहिर जाने योजना निर्माणपक्षको छ ।

चलचित्रमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल पनि मुख्य भूमिकामा छन् । चलचित्रमा किशोर खतिवडा, शिवहरी पौडेल र विल्सन विक्रम राई भने अतिथी भूमिकामा देखिदैछन् । चलचित्रको छायांकन ४० दिनसम्म चल्ने निर्माणपक्षले जनाएको छ । चलचित्रमा अभिमन्यू निरवीको लेखन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment