Comments Add Comment

सोल्टीमा सार्क प्रमुखको साइडलाइन वार्ता

MODI-AND-SHEKH-HASINA-final

१० मंसिर, काठमाडौं । १८ औं सार्क शिखर सम्मेलनको उदघाटन समारोह सकिएलगत्तै होटेल सोल्टीमा पुगेका ७ मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु साइडलाइन वार्तामा व्यस्त भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशका प्रधानमन्त्री शेखहसिना वाजेद, अफगानी राष्ट्रपति असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे लगायतसँग साइडलाइन वार्ता गरेका छन् ।

मोदीले पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफसँग भने भेटवार्ता गर्ने छैनन् । उनीहरू एउटै होटलमा बसेका छन् ।

सार्क आयोजक राष्ट्र नेपालले अफगानिस्तानसँग मंगलबार नै द्वीपक्षीय वार्ता गरिसकेको छ ।

त्यसैगरी श्रीलंका र अफगानिस्तानले पनि मंगलबार दुईपक्षीय वार्ता गरेका छन् ।

MODI-AND-LYNCHHON-FINAL

तस्वीर-मोदीको ट्वीटरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment