Comments Add Comment

मोदी भारत फर्किए, गैयुमलाई राजापाक्षेको लिफ्ट

११ मंसिर, काठमाडौं । १८ औं सार्क शिखर सम्मेलनमा सहभागी भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किएका छन् ।

मोदी केहीबेरअघि विशेष विमानबाट दिल्ली फर्किएका हुन् । मोदी भारतीय वायु सेवाका दुई जहाज र चार हेलिकोप्टरसहित बिहबिार काठमाडौं आएका थिए ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ पनि स्वदेश फर्किएका छन् । उनी पाकिस्तानी बायु सेजवाको जहाजबाट इस्लामाबाद फर्किएका हुन् ।

श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे र अफगान राष्ट्रपति असरफ घानी पनि स्वदेश फर्किँदैछन् । राजापाक्षेले माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल्ला गैयुमलाई लिफ्ट दिएका छन् । घानी भने विशेष विमानबाट स्वदेश फर्कने छन् ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र भुटानका प्रधानमन्त्री ल्यान्छेन छिरिङ तोव्गाय भने बिहीबार काठमाडौंमा बस्नेछन् । वाजेद शुक्रबार विहान साढे १० बजे र तोव्गाय दिउँसो स्वदेश र्फकने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment