+
+
Shares

स्टान्डर्ड चार्टर्डको ५१ प्रतिशत लाभांश स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १९ गते १०:३९

१९ मंसिर, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको ५१.५ प्रतिशत लाभांश स्वीकृत भएको छ । बैंकको बिहीबार राजधानीमा सम्पन्न Standard-Chartered-Bank-logoo२८औं वाषिर्क साधारणसभाले लाभांश स्वीकृत गरेको हो ।

बैंकको सञ्चालक समितिले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७०/०७१ को खुद नाफाबाट ४१.५१ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरेर तीन अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि पारित गरेको छ । बोनश शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी बढेर दुई अर्ब २४ करोड ५८ लाख रुपैयाँ पुग्ने छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको खुद नाफा ९.७४ प्रतिशतले वृद्धि भई १ अर्ब ३३ करोड रुपैयाँ पुगेको थियो । बैंकमा स्टान्डर्ड चार्टर्ड समुहको ७५ प्रतिशत र बाँकी २५ प्रतिशत हिस्सा नेपालीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?