Comments Add Comment

भियग्राले बढाउँछ स्मरण शक्ति

vigrya
भियग्राको सेवनले मानिसमा स्मरण शक्ति बढाउने तथा स्मरण क्षय गर्ने रोग डिमेन्सियाको जोखिम कम गर्ने वैज्ञानिकहरुले बताएका छन् ।

पुरुषमा यौन क्षमता वृद्धिका लागि प्रयोग गरिने भियग्रालाई स्मरण क्षय गर्ने डिमेन्सिया रोगको खतराबाट बचाउने औषधिको रुपमा प्रयोग गर्न सकिने कुरालाई पुष्टि गर्न वैज्ञानिकहरुले परीक्षण सुरु गरेका हुन् ।

भियग्राकै समूहमा पर्ने टाडालफिल नामक औषधिले रक्तनलीलाई फराकिलो पार्ने तथ्य पत्ता लागेको छ । त्यसकारण यसलाई मस्तिष्कमा रक्त प्रवाह बढाएर भास्कुलर डिमेन्सियाको उपचार गर्ने औषधिको रुपमा प्रयोग गर्न सकिने सम्भावना छ । मस्तिष्कमा रहेका साना रक्तनलीहरु क्षय हुँदा मस्तिष्कमा हुने रक्तप्रवाह कम हुनाले भास्कुलर डिमेन्सिया रोग लाग्छ । यसलाई स्मल भेसल डिजिज पनि भनिन्छ ।

यसले मानिसको मस्तिष्कको भित्री भागमा पर्याप्त रगत पुग्न पाउँदैन र मस्तिष्कको क्षमतामा ह्रास हुँदै जान्छ । जसका कारण मानिसको स्मरण शक्ति समेत घट्दै जान्छ ।

vigrya 2

भियग्रा समूहको टाडालफिल औषधिले मस्तिष्कमा भएका रक्तनलीको क्षयिकरण रोक्ने र रक्तप्रवाहलाई नियमित गर्ने शोधकर्ताहरुको भनाइ छ । बेलायतको सेन्ट जर्ज विश्वविद्यालयका शोधकर्ता डाक्टर अटिकस हेन्सवर्थको टोलीले स्मल भेसल डिजिजबाट ग्रसित अर्थात् स्मरण समस्या भएका ६५ वर्षभन्दा माथिका ५० जना मानिसमा यो औषधिको परीक्षण गर्दैछन् । ,

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा साढे ३ करोड भन्दा धेरै मानिस डिमेन्सियाबाट ग्रसित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment