Comments Add Comment

पूर्वराजा चितवन जाँदै

050201_gyanendra_ccol_4a.grid-4x2६ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार सपरिवार चितवन जाँदै छन् । पूर्वी तराईको भ्रमण गर्ने कार्यक्रम बनाएका शाहले चितवन, सिमरा तथा झापाको भ्रमण गर्नेछन् । उनको भ्रमण तीन साता लामो हुने र्मिल निवास स्रोले जनाएको छ ।

चितवन र सिमरामा केही दिन बसेर पूर्वराजा परिवार झापा जानेछ ।

निर्मल निवासले यो भ्रमण पारिवारिक भएको बताए पनि राप्रपा नेपालले गर्नलागेको रथयात्रा कार्यक्रममा सहभागी हुन पूर्वराजा झापा सम्म जान लागेको बताइएको छ ।

राप्रपा नेपालले शनिबार राजधानीमा पत्रकारसम्मेलन गर्दै हिन्दू राष्ट्र पुर्नस्थापना गर्न रथयात्रा गर्ने घोषणा गरेको छ । ९ पुसमा झापाबाट सुरु हुने रथयात्रा १८ पुसमा काठमाडौं आएर समापन हुनेछ । रथयात्रा ३० जिल्लामा रथयात्रा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment