Comments Add Comment

एमाओवादी केन्द्रीय समिति वैठक पुस १३ लाई सारियो

maoist-party-office६ पुस, काठमाडौ । एकीकृत नेकपा माओवादीको आइतवार हुने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । एमाओवादीका शीर्ष नेताहरुको कार्यब्यस्तताको कारण केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

संविधान निर्माणको तोकिएको निर्धारित समय नजिकिदै गरेको बेला दलहरुसँगको छलफलमा पार्टी शीर्षस्थ नेताहरु ब्यस्त हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको एकीकृत माओवादीले जनाएको छ ।

केन्द्रीय समिति बैठकका लागि भन्दै देशैभर छरिएर रहेका केन्द्रीय नेताहरु राजधानी आए पनि बैठक एकाएक स्थगित भएपछि केन्द्रीय नेताहरुमा अचम्मित परेका छन् । वैठक स्थगितको कारण भने आफूहरुलाई थाहा नभएको केन्द्रीय सदस्यहरुले गुनासो गरे ।

नेताहरु संविधान निर्माणका बेला ब्यस्त हुनु पर्ने भएकाले वैठक स्थगित भएको होला, तर बैठक किन स्थगित गरियो भन्ने चाँही थाहा नभएको नेता हेमन्तप्रकाश ओलीले बताए । आइतवारका लागि बोलाइएको बैठक स्थगित गरि आगामी पुस १३ गते गर्ने तय गरिएको एकीकृत माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment