Comments Add Comment

रसुवाबासीको शेयर बेचेर खाने ज्योति विकास बैंकका ६ कर्मचारी पक्राउ

Jyoti-bikash-bank

६ पुस, काठमाडौं । नक्कली खाता खोली चिलिमे होइड्रोको शेयर बेच्ने ज्योति विकास बैंक कमलादीमा ६ कर्मचारी पक्राउ गरेका छन् । महानरीय प्रहरी परिसर हनुमानढोकाले बैंकका ६ कर्मचारीसहित सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैंकका कर्मचारीहरु सिरहा विष्णुपुर कटि ५ कि सुमित्रा लम्साल, ललितपुर ८ कि अनिता महर्जन, महोत्तरी बर्दिवास ७ का नोचन निधि दहाल, रौतहट लदिमानिया कि विनिता उप्रेती, विराटनगर ७ कि बबिता खतिवडा र काभ्रे कोलेनी भुल्भु १ का दावा छिरिङ्ग लामा छन् । रसुवा सानु हाकुका दिनेश तामाङ पनि पक्राउ परेका छन् ।

उनीहरुले चिलिमे हाइड्रोको शेयरहरु बिक्रीका लागि रसुवाबाट सम्बन्धित ब्यक्तिहरुको नागरिकता लगायतका कागजातहरु सकंलन गरेका थिए ।

तर, बैंकका कर्मचारीको मिलेमतोमा सम्बन्धित ब्यक्तिको नक्कली सहि छाप गरेर खाता खोल्नुका साथै शेयरहरु बिक्री गरेर पैसा खाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेहरुलाई बैंकिङ्ग कसुर ठगी मुद्धामा म्यादथप लिई अनुसन्धान भइरहेको हनुमानढोका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment