Comments Add Comment

पार्टीको नजरमा योग्य देखिएनन एमालेका मन्त्री

७ पुस, काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेमा सरकारमा सहभागी मन्त्रीको काम कारबाहीलाई लिएर चुलिएको असन्तुष्टि छताछुल्ल भएको छ ।

CPN_UML_officeमन्त्रीहरुले गरिरहेका कामबारे पार्टी नै आधिकारिक रुपमा बेखबर रहेको भन्दै केन्द्रीय सचिवालयले अहिलेसम्मका नियुक्ति र कामकारबाहीको फेहरिस्त दिन निर्देशन दिएलगत्तै असन्तुष्टि छताछुल्ल भएको राजधानीमा खबर छ ।

स्थायी समिति बैठकमा मन्त्रीहरुले पार्टीसँगको समन्वयबिना नै काम गरिरहेको भन्दै व्यापक आलोचना भएपछि सचिवालयले गत साता मात्रै मन्त्रीहरुलाई पत्राचार गरेको थियो । कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरुले आफ्ना मन्त्रालयअन्तर्गत कहाँ-कहाँ कसलाई नियुक्त गरे ? के-के काम भयो भन्ने रेकर्ड नै पार्टीसँग नभएपछि केन्द्रीय सचिवालयले यस्तो निर्देशन दिएको हो ।

कांग्रेसका कारण सोचेअनुरुपको काम गर्न नसकिएको भन्दै पार्टी नेतृत्वलाई मन्त्रीहरुले रिपोर्टिङ गर्ने गरे पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमका राजनीतिक सल्लाहकार प्रदीप नेपालले उनको कार्यशैली प्रति असन्तुष्टि जनाइ राजीनामा दिएपछि पार्टी मन्त्रीहरुको असन्तुष्टिका बारेमा थप छलफल हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment