Comments Add Comment

बहुमतीय प्रक्रिया नमान्नु जनमतको अपमान : डा. महत

७ पुस, पोखरा । अर्थमन्त्री डा. रामशरण महतले एकीकृत माओवादीले बहुमतीय प्रक्रिया नस्वीकारेर जनअभिमतलाई अपमान गरेको आरोप लगाएका छन् । उनले सहमतिको सम्भावना सकिएकोले बहुमतीय प्रक्रियामा गएर माघ ८ मै नयाा संविधान जारी गर्नुपर्ने बताए ।

Ram-saran-mahat‘एकीकृत नेकपा माओवादीले संविधान निर्माणमा सहमति पनि नगर्ने र प्रक्रियामा पनि जान नमान्ने यो सरासर गलत प्रवृत्ति हो,’ नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा गरेको पत्रकार भेटघाटमा मन्त्री महतले भने, ‘बहुमतीय प्रक्रियामा जान नखोज्नु जनताको अभिमतको अपमान हो ।’

‘सवारी साधनको भाडा घटाउनुपर्छ’

मन्त्री डा. महतले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती भएकाले ढुवानी र यातायातका सवारी साधनको भाडा पनि तुरुन्त घटाउनुपर्ने बताए । उनले सिन्डीकेट प्रथा रोक्नुपर्नेमा पनि जोड दिए ।

गत वर्षको तुलनामा यस वर्षको पााच महिनाको अवधिमा ६० प्रतिशत पुाजीगत खर्च बढेको मन्त्री महतले जानकारी पनि दिए । पुाजीगत खर्च बढे पनि आर्थिक वर्षको अन्तिममा विकास निर्माणको काम सुरु गरी भुक्तानी गर्ने प्रवृत्ति भने हट्न नसकेकामा उनले चिन्ता व्यक्त गरे ।

‘विमानस्थल निर्माणको तयारी अन्तिम चरणमा’

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सबै प्रक्रिया पूरा भइसकेको भन्दै उनले अब चिनियाा पक्षसाग सम्झौता गर्ने तयारी भैरहेको जानकारी गराए । ‘विमानस्थल निर्माण सम्झौताको तयारी भैरहेको छ , तर मुआब्जा वितरणमा विवाद भएको भन्ने सुनेको छुा यो दुर्भाग्य हो,’ उनले भने । मुआब्जा विवादले निर्माण कार्यलाई ढिलो गराउने भन्दै मन्त्री महतले नीति, नियम र विधिबाट  विवाद टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment