Comments Add Comment

एमाओवादीलाई रामचन्द्रको चुनौती : आठ प्रदेशको नक्सा ल्याउनुस्

७ पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिको विकल्प प्रस्ताव गर्न एमाओवादीलाई चुनौती दिएका छन् ।

Ramchandra Paudelनेपाल उद्योग बाणिज्य महासंघले सोमबार राजधानीमा गरेको अन्तरक्रियामा पौडेलले भने-कांग्रेस, एमाले र राप्रपाले सात प्रदेशको साझा प्रस्ताव ल्याएका छन् । त्यसमा सहमत छैन भने आठ प्रदेशको नक्सा दिनुस् । तर, उहाँ दिनुहुन्न ।’

सहमति हुनुपर्छ भने पनि माओवादीले सहमतिको विकल्प नल्याएको उनले बताए । आफूहरु अहिले पनि सहमतिको पक्षमा रहेको भन्दै उनले भने-‘एमाओवादीका साथीहरु बैठक छाडेर होइन, छलफल गरेर अघि बढौं, हामी छलफल गर्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment