Comments Add Comment

युवालाई स्वदेशमै रोजगारी : अर्थमन्त्री महत

१२ पुस, काभ्रे । अर्थमन्त्री डा. रामशरण महतले युवाहरुलाई विदेश पलायनबाट रोक्न व्यवसायीक खेतिको लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने बताएका छन् ।

विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभालाई शनिबार संबोधन गर्दै मन्त्री महतले युवा जनशक्तिलाई स्वदेशमै रोजगार सिर्जना गर्न ६ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने सरकारले निर्णय गरेको बताए । राष्ट्र निर्माणमा युवाहरुको अहम भूमिका हुने उनको भनाइ थियो ।

काभ्रे जिल्लालाई कार्यक्षेत्र बनाएर स्थापना गरिएको सहकारीले १ अर्ब ३ करोड ७९ लाख १७ हजारको कारोवार गरेको छ । सो सहकारीमा २२ हजार ३ सय ७६ जना शेयर सदस्य छन् ।
-शिखर चिमौरियाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment