Comments Add Comment

विवाहित नायिका किन अस्विकार्य ? : प्रियंका

MARY-KOM-SUNIL-THAPA-PRIYANKA-CHOPRA-3
बलिउड नगरीमा ५० बर्ष पुगेका नायकहरु आफ्नो छोरी सरहका नायिकासँग मस्ती गरिरहेका छन् । साहरुख खान, सलमान खान लगायतका बलिउड नायकहरु अझै पनि बलिउडमा प्रवेश गर्दै गरेका सुन्दरीसँग रोमान्स गरिरहेका छन् । तर, नायिकाहरुको हकमा भने यो कुरा लागू हुँदैन ।

उमेर ढल्कदै गएपछि वा बिहे गरेपछि नायिकाहरु हराउने गरेका छन् । बलिउड नायिका प्रियंका चोपडा यही कुरालाई लिएर निक्कै चिन्तित छिन् । उनले यो कुरामा दर्शकको मानसिकतामा पनि परिवर्तन आउनुपर्ने बताउँछिन् ।

विवाहित नायिकालाई पनि रोमान्स
प्रियंकाले भारतीय संचारमाध्यमसँग कुरा गर्दै भनेकी छिन् -‘हामीले यस्तो चलचित्रलाई पनि स्विकार गर्न जरुरी छ कि, जसमा ३० वा ४० बर्षका नायिकाले पनि रोमान्स गरिरहेका हुनेछन् ।’

उनले विवाहित नायिकाले पनि चलचित्रमा रोमान्स गर्नुपर्छ र त्यसलाई दर्शकले स्विकार्नु पर्छ भनेकी छिन् । उनले नायिकाहरुले पनि समयको परिवर्तनसँगै भूमिका रोज्नुपर्ने बताइन् ।

स्टारडममा नायिकाहरु पछाडि
प्रियंकाले नायिकाहरु नायकहरुको तुलनामा निक्कै पछाडि रहेको बताइन् । स्टार पावरको हिसाबमा नायिकाहरु नायकको तुलनामा निक्कै कमजोर रहेको प्रियंकाको भनाई छ ।

उनले भनिन्-‘बक्स अफिसमा नायिकाहरुको चलचित्र नायकहरुको तुलानामा निक्कै पछाडि पर्ने गरेको छ ।’ नायिकाहरुको चलचित्र चल्न गाह्रो रहेको उनको भनाई छ ।

उनले भनिन्-‘चल्तीका नायकहरुको चलचित्रले ३ दिनमा नै १ सय करोड कमाउँछ । तर, नायिकाहरुलाई सामान्य व्यापार गर्न पनि लामो समयसम्म लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment