Comments Add Comment

अब विश्वविद्यालयमै सेल्फी कोर्स पढाइ हुने

selfie
साथीभाईका राम्रा सेल्फी देखेर आफ्नो क्षमताप्रति खिन्न हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । तपाईको क्षमता बिकाशका लागि बिश्वबिद्यालयमै राम्रो सेल्फी खिच्ने तरिकाबारे औपचारिक पढाई सुरु हुने भएको छ ।

अमेरिकी बिश्वबिद्यालयले इन्टरनेटमा समय बर्बाद गर्ने तरिकाबारे पढाई सुरु गर्ने घोषणा गरेसँगै लण्डनस्थित अर्को बिश्वबिद्यालयले सेल्फी कोर्स थालेको हो ।

लण्डनको सिटी लिट कलेजले यही मार्चदेखि ‘आर्ट अफ सेल्फी’ बिषयक नयाँ कोर्स सुरु गर्दै छ । एक महिना लामो यो कोर्समा बिद्यार्थीलाई उत्कृष्ट सेल्फी लिने कलाबारे सिकाइने छ ।

यो कोर्समा बिद्यार्थीलाई आफ्नै पुराना सेल्फी र बिश्वचर्चित अन्य सेल्फीको मूल्याङ्कन गर्न सिकाइने छ । सवैभन्दा धेरै ट्वीट भएको ओस्कार सेल्फी वा किम कर्दार्सिन जस्ता सेलिब्रीटीका सेल्फीको अध्ययन गरी राम्रो सेल्फी लिने कलाबारे बिद्यार्थीलाई सिकाइने छ ।

यो कोर्स लिएपछि बिद्यार्थीले राम्रो सेल्फी खिच्ने बिश्वबिद्यालयले जनाएको छ । यो कोर्समा भर्ना हुनका लागि खासै बिशेष सीप जरुरी छैन् । केवल सेल्फी लिन उत्सुक भए पुग्छ ।

पछिल्लो एक बर्षमा मात्र सेल्फी बिश्वभर पपुलर कल्चरका रुपमा स्थापित भइसकेको छ । सर्वसाधारणदेखि सेलिबि्रटी र नेतासम्मले सेल्फी कल्चरलाई फलो गरिरहेका छन् । जसका कारण ट्वीटरले सन् २०१४ लाई सेल्फी बर्ष नै घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment