Comments Add Comment

मल्लकेको प्रश्न : लिंग नहुनेलाई किन चाहियो पहिचान ?

९ माघ, काठमाडौ । आदिवादी जनजाति आन्दोलनका अगुवा मल्लके सुन्दरले धोबीखोलाको पुलमा मसान जागेको बताएका छन् । उनले एमाले अध्यक्ष केपीओलीका टुक्काहरुको समेत जवाफ फर्काउने प्रयास गरेका छन् ।

Malla-K-Sundar-Final

पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले शुक्रबार बिजुलीबजार पुलमा गरेको कार्यक्रममा बोल्दै सुन्दरले आफूहरुको माग पूरा नभएसम्म मसान जागिरहने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै मसान जगाउन सजिलो भए पनि बसाउन गाह्रो हुने भन्दै पहिचान पक्षधरहरुको आलोचना गरेका थिए ।

जनजाति नेता मल्लके सुन्दरले उत्पीडित समुदायले पहिचान खोज्दा उपहास गरिएको भन्दै रोष प्रकट गरे । ‘केपी ओलीले गोरु नाङ्गो देख्दा लाज लाग्दैन भनेका थिए,’ उनले भने, ‘नाङ्गै भएर हिँड्ने र नाङ्गै भएर महाकाली बेच्नेलाई गोरु नाङ्गै देखेर केको लाज ?

ओलीले पहिचानलाई ‘कपटी’ शब्द भनी गरेको टिप्पणीको पनि सुन्दरले आलोचना गरे । ‘लामो समयदेखि उत्पीडनमा परेका जनजाति, महिला दिदी बहिनीहरुलाई पहिचान चाहिएको छ,’ उनले ओलीतर्फ इंगित गर्दै भने, ‘लिंग नै नभएको मान्छेलाई पहिचान किन चाहियो ?’

नयाँ बन्ने संविधानमा पहिचानसहितको संघीयता कायम गर्न दबाव दिन पहिचान पक्षधरहरुले केही दिनदेखि सडक आन्दोलन चर्काउँदै आएका छन् । उनीहरुले बिजुलीबजार पुलमा शुक्रबार पनि प्रदर्शन जारी राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment