Comments Add Comment

आयल निगम, नेशनल ट्रेडिङ र टिम्बरमा ‘पँजनी’

१२ माघ, काठमाडौँ । मन्त्रिपरिषदले विभिन्न निकायमा राजनीतिक नियुक्ति र हेरफेर गरेको छ । सचिवहरुको बढुवाका विषयमा भने  विवाद भएपछि सरकारले कुनै निर्णय लिन सकेन ।

सिंहदरबारमा सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई हटाएको छ । नयाँ कार्यकारी निर्देशकमा गोपालबहादुर खड्कालाई नियुक्त गरिएको छ ।

Chandika Prasad Bhatta
चण्डिकाप्रसाद भट्ट

त्यस्तै नेसनल ट्रेडिङ लिमिटेडमा पनि नयाँ नियुक्ति गरिएको छ । लिमिटेडको महाप्रबन्धकमा पूर्णशङ्कर बसीलाई नियुक्त गरिएको गरिएको छ ।

त्यसैगरी नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको महाप्रबन्धकमा कुमार केसीलाई नियुक्त गर्ने निर्णय गरिएको सरकारमा प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले जानकारी दिएका छन् ।

टिम्बरमा पनि हेरफेर

मन्त्रिपरिषद बैठकले नेपाल टिम्बर कर्पोरेसन लिमिटेडको अध्यक्षमा अर्को व्यवस्था नभएसम्मका लागि वन तथा भू-संरक्षण मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यलाई जिम्मेवारी दिएको छ । त्यस्तै टिम्बरको महाप्रबन्धकमा वीरेन्ऽकुमार यादवलाई नियुक्त गर्ने  मन्त्रिपरिषदले निर्णय गरेको छ ।

सरकारले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र संगीत नाट्य एकेडेमी भारतबीच एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र ललितकला एकेडेमी भारतबीच समझदारीमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार मन्त्री डा. रिजालले जानकारी दिए ।

क्यानडाका राजदुतलाई थप जिम्मेवारी

मन्त्रिपरिषद बैठकले क्यानडाका लागि नेपालका आवासीय राजदूत कालिप्रसाद पोखरेललाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको स्थायी प्रतिनिधि तोक्ने निर्णय गरेको मन्त्री रिजालले जानकारी दिए ।

नेपाल-चीन हिरक महोत्सवका लागि समिति

सोमबारको बैठकले नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको हिरक महोत्सव मनाउन परराष्ट्र मन्त्री महेन्ऽबहादुर पाण्डेको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment