Comments Add Comment

गाविसमा पैसा माग्दै प्रहरीको पत्राचार

१३ माघ, भैरहवा । तस्करीको अखडा मानिने रुपन्देहीको पूर्वी क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय धकधईले गाडी मर्मत गर्ने पैसा भएन भन्दै गाविस कार्यालयसँग ‘आर्थिक सहयोग’का लागि दबाव दिएको छ ।

आफ्नो कार्यालयको लेटरल्याडसहित ‘सहयोग उपलब्ध गराइदिनु हुन’ भन्ने विषय उल्लेख गरी इलाका प्रहरी कार्यालयले गाविससमक्ष पैसा माग गरेको हो । प्रहरीको लेटरप्याडमा आसपासका ८ वटा गाविसमा पत्राचार गरिएको छ । केही उद्योगीसँग पनि प्रहरीले आर्थिक सहयोग लिएको छ ।

Pilice-Demand-money

इलाका प्रहरी कार्यालय धकधईका इञ्चार्ज एवं प्रहरी नायब निरीक्षक पूर्णबहादुर मल्लले प्रहरी कार्यालयको लेटरप्याडमा आफ्नो हस्ताक्षर र कार्यालयको आधिकारिक छापसहित पत्र लेखेका हुन् ।

इप्रका धकधई अन्र्तगत पर्ने विभिन्न कार्यालयमा प्रहरीले चोरी, डैकती लुटपाट, झै झगडाजस्ता कार्य खटिनुपर्ने भएकाले आवश्यक सहयोगका लागि पत्र लेखन कार्य भएको भन्दै पौसा मागिएको छ ।

इप्रका धकधईले पठाएको चन्दा पत्रमा वडा एरियामा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने सन्दर्भमा कार्यालयमा रहेको सवारी साधन जीर्ण अवस्थामा रहेको उल्लेख छ ।

तर, कार्यालयको सवारी साधन (प्रहरी भ्यान) भने राम्रै अवस्थामा सञ्चालित भइरहेको स्थानीय बताउँछन् ।

प्रहरीले गाविसलाई लेखेको चिठीमा भीआइपी, भीभीआइपीको आगमन तथा प्रत्यागमन गर्दा स्कटिङ, चोरी, डकैती, लुटपाट, झै झगडा जस्ता कार्यमा खटिनुपर्ने, इन्धन तथा सवारी साधन मर्मत सम्भारका लागि आवश्यक मूल्याङन गरी सहयोग गरीदिनु हुन अनुरोध गरिएको छ ।

यस्तो पत्र नजिकैका गाविस कार्यालय र अन्य निकायमा समेत पठाइएको बुझिएको छ । ‘पहिला भूमिगत पार्टीबाट चन्दा माग्दै पत्र आउने गर्दथ्यो तर अब त प्रहरीबाटै चन्दा पत्र आउन थाल्यो’ चन्दा मागिएको गाविसका एक कर्मचारीले भने, ‘सवारी साधन र इन्धन भएन भने जिल्ला प्रहरी कार्यालय वा गृहमन्त्रालयलाई भन्नुपर्नेमा नियम मिचेर गाविसमा दबाव आयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment