Comments Add Comment

अख्तियारमा एक बर्षमा साढे २२ हजार उजुरी

१३ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक बर्षको अवधिमा साढे २२ हजार उजुरी दर्ता भएका छन् । ति मध्ये ३२ प्रतिशत उजुरीमाथि कारवाही हुन सकेको छैन ।

Akhtiyar-report-2071

  • बार्षिक प्रतिवेदनको साथमा अख्तियारका प्रवक्ता श्रीधर सापकोटा । तस्वीर : रासस

अख्तियार प्रमुख लोकमानसिंह कार्कीले मंगलबार राष्ट्रपति रामवरण यादवलाई बुझाएको बार्षिक प्रतिवेदमा आर्थिक वर्ष २०७०/७१ मा आयोगमा २२ हजार ६०२ उजुरी परेको उल्लेख छ । ति मध्ये करिब ६८ प्रतिशत मात्रै फर्छ्यौट भएका छन् ।

अदालतमा दायर गरिएका भ्रष्टाचार मुद्दाहरूमध्ये २० प्रतिशतमा आयोग असफल भएको छ । ६ सय ५२ जना व्यक्तिलाई प्रतिवादी बनाई १ सय ६८ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको थियो । ति मुद्दाहरुमा १ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढी बिगो माग दाबी लिइएको अख्तियारले जनाएको छ । बिभिन्न मुद्दाहरूबाट ३९ करोड ४८ लाख रुपैयाँ असुल उपर भएको छ ।

आयोगको २४ औं प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै अख्तियार प्रमुख कार्कीले सार्बजनिक सरोकारका कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो नरहेको बताए । उनले राजनीतिक अस्थिरता र लम्बिँदो राजनीतिक संक्रमणका कारण स्वेच्छाचारिता बढ्दै गए आमनागरिकहरु राज्यप्रदत्त सेवा र सुविधा प्राप्त गर्ने नैसर्गिक अधिकारबाट वञ्चित हुने खतरा औंल्याए ।

सार्वजनिक सेवाको वितरणमा प्रभावकारिता अभिवृद्धि गर्ने र विकास निर्माणका काममा चुस्तता ल्याउने तर्फ आयोगको प्रयास केन्दि्रत रहेको कार्कीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment