Comments Add Comment

गण्डकी विकास बैंकको नाफा साढे ६ करोड

१४ माघ काठमाडौं । पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्व ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्व २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकले ६ करोड ५८ लाख रुपैयाँ संचालन नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको भन्दा ४१.०४ प्रतिशतले बढी हो । यो वर्षको पुस मसान्तसम्ममा कूल कर्जामा खराब कर्जाको अनुपात ०.४५ प्रतिशत छ ।

त्यस्तै बैंक माघ १२ गते देखि एघारौं बर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ । सो अवसरमा बैंकले रक्तदान कार्यक्रमका साथै पोखरा बृद्धाश्रममा बृद्धबृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको थिायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment