Comments Add Comment

अखण्ड सुदूरपश्चिम एक इन्च घट्दैनः लख्खाभाइ

१४ माघ, महेन्द्रनगर । अखण्ड सुदूरपश्चिम आन्दोलनका अगुवा पुष्करराज जोशी लख्खाभाइले संघीयतामा सुदूरपश्चिमलाई टुक्रिन नदिइने बताएका छन् ।

puskar-raj-joshi-lakhkhabhaबुधबार कन्चनपुरको महेन्द्रनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अखण्ड सुदूरपश्चिमबाट एक इन्च टुक्राउदा सैह्य नहुने बताएका छन् ।

‘तराईका कैलाली-कञ्चनपुर अगल गर्ने कुरा त परैजावस एक इन्च भूमि पनि सुदूरपश्चिमबाट अलग गर्न दिन्नौं,’ उनले भने ।

संविधान निर्माणमा बाधक बनिरहेको संघीयताका विषयमा पूर्वी नेपालका झापा, मोरङ र सुनसरी तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका कारण सहमति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment