Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्र बुधघाट जाने

gyanendra shah१५ माघ, बिराटनगर । झापाको दमकमा रहेका पूर्वराजा ज्ञानेन्द्र साह विहीबार मोरङको ग्रामीण भेगमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुने भएका छन् ।

पूर्वराजा शाह विहीबार दिउँसो ३ बजे मोरङको दक्षिणी भेगमा पर्ने कटहरी-२ स्थित बुधघाटमा आयोजना हुने धार्मिक मेला अवलोकनका लागि जान लागेका हुन् । उक्त मेला स्थानीयवासीले आयोजना गरेका हुन् ।

अघिल्लो महिनादेखि पूर्वराजा ज्ञानेन्द्र तराईका बारा र चितवन हुँदै झापा पुगेका छन् । पूर्वरानी कोमल पनि झापामै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment