Comments Add Comment

जग्गा विवादले एकीकृत जाँच चौकी निर्माणमा ढिलाई

ध्रुव भट्टराई
१५ माघ, विराटनगर । जग्गा विवाद सुल्भिmन नसक्दा मोरङको बुधनगरमा प्रस्तावित एकीकृत जाँच चौकी (आईसीपी) निर्माणमा ढिलाइ भएको छ ।

भारत सरकारको एक अर्ब ३० करोड रूपैयाँको लगानीमा निर्माण हुने भनिएको परियोजनाका लागि नेपालले आवश्यक जग्गा अधिग्रहणको विषयमा कुरा नमिल्दा निर्माणको काम अगाडी बढ्न नसकेको हो ।

नेपाल तर्फ निर्माण हुने एकीकृत जाँच चौकी निर्माणको लागि आवश्यक पर्ने कुल १ सय ६४ विघा मध्ये ४ विघा जमिनको मुआव्जा विषयमा विवाद कायम छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरका अनुसार आईसीपीका लागि १ सय २७ विघा अधिग्रहण गर्ने कार्य सकिएपनि लिंक रोड निर्माणका लागि आवश्यक ३६ विघा जमिन मध्ये ४ विघामा मुआव्जा विवाद छ ।

‘आईसीपीका लागि आवश्यक जमिन अधिग्रहण गर्ने कार्य १ वर्ष अघि नै सम्पन्न भएको हो तर लिंक रोड निर्माणका लागि आवश्यक जग्गा मध्ये चार विघा जग्गामा मुआव्जा विवाद सुल्झाउन सकिएको छैन,’ डिभिजन कार्यालय प्रमुख किशोरलाल महाजुले भने ।

‘मुआव्जा विवादका कारण समग्र निर्माणको कार्य अवरोध भएको अवस्था छ यसलाई केन्द्रीय तहबाट हल गर्न परिपत्र गरिसकेका छौं’ उनले भने ।

आईसीपी निर्माणका लागि नेपाल तर्फपनि भारतीय सरकारले ठेकेदार नियुक्त गरी निर्माण गर्नेे द्विपक्षीय सहमति छ । द्विपक्षीय सहमति अनुसार एकीकृत जाँच चौकी निर्माणका लागि त्यहाँसम्म्म पुग्ने चार लेनको सडक निर्माण समेत हुनेछ ।

तर, जग्गा अधिग्रहणको कार्य पूरा नहुदा भारतीय पक्षलाई जग्गा हस्तान्तरण प्रक्रिया पनि ढिलाई हुन पुगेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।

नेपाली अधिकारीहरूका अनुसार भारततर्फ निर्माण हुने जाँच चौकीको काम भने करिब ८० प्रतिशत पूरा भइसकेको छ । पूर्वका उद्योगी, व्यापारीहरूले भारतीय पक्षसँंग समन्वय गरी उक्त परियोजनाको निर्माण कार्य छिटो अगाडि बढाउन नेपाली अधिकारीहरूको ध्यानाकर्षण गराउँदै आएका छन् ।

पछिल्लो समय मोरङ व्यापार संघ र उद्योग संगठनले संयुक्तरूपमै एकीकृत जाँच चौकीको निर्माणका पहल गर्न माग गरेका छन् । एकीकृत जाँच चौकी निर्माण भए पूर्वबाट भारत तथा तेस्रो मुलुकमा हुने आयात-निर्यातमा सहज हुने मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत बताउँछन् ।

एकीकृत जाँच चौकीमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, बैंकलगायत आयात-निर्यातका लागि सबै सुविधा एकैथलोबाट गर्न सकिने अधिकारीहरूको भनाइ छ ।

भारतले विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज गरी चारवटा सीमा नाकामा एकीकृत जाँच चौकी निर्माणको काम केही वर्ष अघि थालेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment