Comments Add Comment

जाजरकोट-काठमाण्डौं रात्रीबस सेवा सुरु

Jajarkot-Kathmandu-Bus-Serv

  • बस सेवा उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत

१५ माघ, जाजरकोट । बिहीबारदेखि जाजरकोट-काठमाण्डौं सीधा रात्री बस सेवा शुरु भएको छ । काँक्रेविहार यातायात व्यवसायी समितिले बिहीबार औपचारिक कार्यक्रम गरी सेवा शुभारम्भ गरेको हो ।

विहीबार पहिलो दिन जाजरकोट सदरमुकाम खलंगाबाट ना  ५ ख ४४८८ नम्बरको ४० सिट क्षमताको बुलबुले मेट्रो रात्री बस काठमाण्डौंका लागि छुटेको छ । सो बसमा काठमाण्डौं जाने २६ जना यात्रु थिए ।

२०६४ साल असोजमा संचालनमा आएको छिन्चु-जाजरकोट सडकमा यसभन्दा अघि जाजरकोटबाट सुर्खेत र नेपालगंजका लागि दिवा बस सेवा मात्र संचालनमा थिए । जाजरकोटबाट काठमाडौं जानेहरुलाई सुर्खेत वा नेपालगन्ज पुगेर बस परिवर्तन गर्नुपर्ने बाध्यता अब हटेको छ ।
हरेक दिन मध्यान्ह साढे १२ बजे जाजरकोटबाट काठमाडौंका लागि नियमित बस सेवा संचालनमा आउने काँक्रेविहार यातायात व्यवसायी समितिका जाजरकोट ईन्चार्ज महेश चौधरीले जानकारी दिए । काठमाण्डौंका लागि खानासहित दुई हजार र खानाबाहेक एक हजार आठ सय रुपैयाँ भाडा दर निर्धारण गरिएको छ । जाजरकोटबाट काठमाडौंसम्म ६ सय ७९ किलोमीटर दुरी छ ।

पुल निर्माणमा तिव्रता

यसैबीच विगत दश वर्षदेखि अधुरो रहेको छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गतको भेरी नदीमा निर्माणाधिन पुलको कामलाई तिव्रता दिईएको छ । आउँदो फागुनसम्म पिलरको काम सम्पन्न गरी चैतबाट ट्रस जडान र ढलानको काम अगाडी बढाउने डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसार आगामी असारमा जसरी पनि पुल निर्माणको काम सकेर यातायातका साधन संचालनमा ल्याउने तयारी अनुसार काम भैरहेको छ ।

-रामकुमार शाहीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment