Comments Add Comment

आवारा संगीतकार र निर्देशक

awaraनेपाली सिने क्षेत्रमा ‘धुँवा यो नशा’ चलचित्रबाट इमेज अवार्ड हात पार्न सफल चर्चित संगीतकार लोचन घिमिरे र चलचित्र ‘सुपरहिट’का निर्देशक सौरभ ढकालले संयुक्त रुपमा यथार्थवादी प्रयोगात्मक म्युजिक भिडियो तथा गीत आवारा बजारमा ल्याएका छन् ।

अमेरिकाबाट म्युजिकमा डिप्लोमा गरेका संगीतकार घिमिरेका ‘बाँधन बाँध’ मानेन मानेन, पीपल छायाँले, किन मलाई, पातली, मनको आवाज लगायत तीन दर्जनभन्दा बढी गीतहरु तथा जिंगल सार्वजनिक भइसकेका छन् । हाल उनले आफ्नो छैटौँ चलचित्रमा संगीत दिइरहेका छन् ।

उनले अमेरिका निवासी गायक शान भुसालसँगको सहकार्यमा एल्बम १ मा शान भुसाल तथा आफ्नै स्वरमा गीत गाएका छन् । जसअन्तर्गतको एक गीत आवारा तथा शान भुसालको नहार्नु तिमी यु ट्यूव तथा टेलिभिजनमार्फत सार्वजनिक भएका छन् ।

दजैनौँ म्युजिक भिडियो निर्देशन गरेका कुशल निर्देशक, सम्पादक तथा एनिमेटर सौरभ ढकालले विभिन्न्ा नयाँ मोडलहरुलाई बे्रक दिएका छन् जो हाल स्थापित कलाकार भइ सकेका छन् । उनले हालै निर्देशन गरेको चलचित्र सुपरहिट प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment