Comments Add Comment

निखिलसँग सविनको केमेष्ट्री, ‘नशा’देखि ‘राजा’सम्ममा व्यस्त

sabin-shrestha
निर्देशक र नायिका परिवर्तन भएको चलचित्र ‘लुटेरा’मा अब नायक सविन श्रेष्ठको प्रवेश भएको छ । कलाकार फेरबदलको दौडमा अगाडि देखिएको यो चलचित्रमा अब नायक निखिल उप्रेतीसँगै सविन श्रेष्ठले अभिनय गर्ने भएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै सविनले निखिल र आफू दुबै चलचित्रको मुख्य नायक भएको भन्दै सम्झौता गरेको बताए । चलचित्रलाई सुरुवातमा निर्देशक सविर श्रेष्ठले  निर्देशन गर्ने पक्का भएपनि अन्तिम समयमा दयाराम दाहालको प्रवेश भएको थियो ।

चलचित्रका लागि नायिका रेखा थापा खेल्ने कुरा भएपनि अब उनी पनि नहुने पक्का भैसकेको छ । कलाकार फेरबदलका कारण यो चलचित्र लामो समयदेखि बन्न सकिरहेको छैन । गोपाल कायस्थले बसन्तकुमार श्रेष्ठसँग मिलेर यो चलचित्र निर्माण गर्न लागेका हुन् ।

कलाकार सविन श्रेष्ठले अब आफूले लगातार आधा दर्जन चलचित्रमा काम गर्न लागेको बताएका छन् । उनको अभिनय रहने चलचित्र ‘नशा’को छायांकन आजबाट लाहानमा हुनेछ । यसपछि उनले गजेन्द्र रञ्जितको चलचित्र गर्नेछन् भने यसपछि चेतन सापकोटाले निर्माण गर्न लागेको चलचित्रमा काम गर्नेछन् ।

सविनले ३ वटा चलचित्र सकेपछि ‘लुटेरा’ गर्ने तयारी गरेको बताए । वैशाखबाट उनी दुबइमा छायांकन हुन लागेको चलचित्र ‘राजा’मा व्यस्त हुनेछन् ।

सविनको हातमा एकपछि अर्को चलचित्र परिरहेको छ । तर, चलचित्रमा काम गरेअनुसार सविनको चर्चा हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment