Comments Add Comment

प्रेमीले धोका दिएको भन्दै आत्महत्या

१६ माघ, धरान । प्रेममा धोका पाएको आवेगमा धरान १८ की २६ बर्षीया प्रिति मुखियाले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

घटनास्थलमा फेला परेको सुसाईड नोटमा लेखिएको छ, ‘त्यसले मलाई यूज मात्र गर्‍यो ।’

धरान १४ विजयपुरस्थित एक निजी स्कुलका शिक्षकसँग दश बर्षदेखि प्रेम सम्बन्ध रहेको तर, ति शिक्षकले अर्कै केटीसँग इङ्गेजमेन्ट गरेकोले प्रितिले आत्महत्या गरेकी परिवारका सदस्यहरू बताउँछन् ।

प्रेम सम्वन्धबारे दुवै परिवारका सदस्यहरुलाई थाहा भैसके पनि बहिनीले ‘धोका पाएको’ प्रितिकी दिदी भावनाले बताईन् । प्रितिलाई आत्महत्या गर्न बाध्य पारिएकाले ति शिक्षकलाई कारबाही गर्न मुखिया परिवारले माग गरेको छ ।

प्रहरी भने आत्महत्या भएकाले ज्यान सम्बन्धी मुद्दा दर्ता गर्न नमिल्ने बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment