Comments Add Comment

मोबाइल ‘लोकेसन’ पछ्याउँदै हत्या अभियुक्त पक्राऊ

१६ माघ, नवलपरासी । पाल्पाका होटल व्यवसायीको हत्यामा संलग्न भएको आशंका प्रहरीले नवलपरासीका तीनजनालाई पक्रेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले शुक्रबार रामग्राम नगरपालिका ४ देउगाउँका २१ वर्षीय सद्धाम अन्सारी, १५ वर्षीय मोहमद अन्सारी र सत्तर अन्सारीलाई पक्रेको हो ।

पाल्पाको सोमादी ८ घर भई हाल तानसेन नगरपालिका ४ मा बस्दै आएका २१ वर्षीय अनिल भण्डारीको हत्या अनुसन्धानमा उनीहरुलाई प्रहरीले पक्रेको हो । लेनदेन विवादमा उनीहरुले भण्डारीलाई कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक सोम थापाले जानकारी दिए ।

प्रहरीका अनुसार  उनीहरुले कुटपीट गरी अनिलको मोबाइल लिएर गाउँ आएका थिए । मोबाइलको लोकेसन पछ्याउँदै प्रहरीले उनीहरुलाई घरबाट पक्रेको हो ।

विहीबार राति १२ गते राती उनीहरुले अनिलको हत्या गरेर शवलाई पाल्पा जिल्ला अस्पताल नजिकैको झाडीमा फालेर नवलपरासीस्थित घर आएका थिए ।

-रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment