Comments Add Comment

को-को हुन् विश्वकपमा दश अनुभवी क्रिकेटर ?

MOST-EXPERIENCED-PLAYERS

१६ माघ, काठमाडौं । विश्व क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता खेल्दा सबैभन्दा निडर खेलाडीलाई पनि डर लाग्न सक्छ ।

विश्वकप खेल्ने टीमहरु ६ हप्ते प्रतियोगितामा दौरान आफ्ना नयाँ खेलाडीहरुलाई गाइड गर्ने जिम्मेवारी पनि अनुभवी खेलाडीहरुमा नै हुन्छ ।

आईसीसी क्रिकेटको सहयोगमा तयार पारिएको १० अनुभवी खेलाडीहरुको सूचीमा श्रीलंकाका सबैभन्दा बढी तीन जना छन् । फेब्रअरी १४ बाट सुरु हुने विश्वकपमा को को छन् त अनुभवी खेलाडी ?

१. महेला जयवद्धने श्रीलंका (३३ खेल)

महेला विश्वकप क्रिकेट २०१५ मा सबैभन्दा अनुभवी खेलाडी हुनेछन् । श्रीलंकाका अल टाइम ग्रेटेस्ट मध्येका एक हुन उनी ।

उनले सन् १९९७ मा आफ्नो अन्तर्राष्ट्रिय करिअर सुरु गरेका थिए । यो उनका लागि ५ औं विश्वकप समेत हुनेछ । २०११ को विश्वकप फाइनलमा भारतबिरुद्ध उनले अविजित १०३ रन बनाएका थिए । तर, खेल भारतले ६ विकेटले जितेको थियो ।

२. कुमार सांगाकारा, श्रीलंका (३० खेल)

वल डे क्रिकेटका सर्वाधिक सफल विकेट-किपर ब्याट्म्यान सांगाकाराले लगातार चौथो विश्वकप खेल्दैछन् । २०११ को विश्वकपमा टीमको कप्तानी गरेका उनले न्यूजिल्याण्डबिरुद्ध बनाएको १११ रन सहित प्रतियोगितामा ४६५ रन बनाएका थिए ।

३.ब्रेन्डन म्याकुलम, न्यूजिल्याण्ड (२५ खेल)

पछिल्लो समय फर्ममा रहेका ब्याट्म्यान बे्रन्डन म्याकुलमले पनि चौथो विश्वकप खेल्दै छन् । २०११ को विश्वकपमा उनले ४१४ रन बनाएका थिए । विश्वकपको फास्टेस्ट हाफ सेन्चुरीको रेकर्ड पनि उनकै नाममा छ । उनले २००७ मा केबल २० बलमै अर्धशतक बनाएका थिए ।

४. डानियल भिट्टोरी, न्यूजिल्याण्ड (२३ खेल)

भिट्टोरीले आफ्नो करिअरमा लगातार पाँचौं विश्वकप खेल्नेछन् । विश्वकपमा उनको वेष्ट फिगर आयरल्याण्डबिरुद्ध २३ रन दिएर ४ विकेट हो ।

५.साहिद अफ्रिदी ,पाकिस्तान (२० खेल)

अफ्रिदीले पाकिस्तानको राष्ट्रिय टीमबाट एक दशक खेलिसकेका छन् । उनको यो ५ औं विश्वकप हुनेछ । उनले २०११ मा केन्याबिरुद्ध १६ रन दिएर ५ विकेट लिएका थिए ।

६.क्रिस गेल, वेस्ट इन्डिज (२० खेल)

बिग हिटर गेलले पनि ५ औं विश्वकप खेल्दैछन् । वन डे क्रिकेटमा ८८०० भन्दा बढी रन बनाइसकेका गेलले १५८ विकेट पनि लिएका छन् ।

७.तिलकरत्ने दिलसान, श्रीलंका (२० खेल)

२०११ को विश्वकपमा सवार्धिक ५०० रन बनाएका दिलसान तेस्रो विश्वकप खेल्ने छन् । उनले २०११ मा २ शतक पनि बनाएका थिए ।

८.जेम्स एन्डरसन, इंग्ल्याण्ड (१९ खेल)

विश्वकपको डेब्यू खेलमै पाकिस्तानबिरुद्ध ४ विकेट लिएका एन्डरसनले करिअरको चौथो विश्वकप खेल्ने छन् । उनी डेब्यू गेममै म्यान अफ दि म्याच पनि बनेका थिए ।

९.माइकल क्लार्क, अष्ट्रेलिया (१८ खेल)

विश्वकप आयोजक मध्येको एक अष्टे्रलिया आफ्ना घाइते कप्तान क्लार्क विश्वकपका लागि उपलब्ध हुनेमा आशावादी छ । २००७ मा अष्ट्रेलिया च्याम्पियन बन्दा उनी टीमका महत्वपूर्ण सदस्य थिए । क्लार्क मैदान उत्रिए यो तेस्रो विश्वकप खेल्ने छन् ।

१०. युनुस खान, पाकिस्तान (१६ खेल)

पाकिस्तानको टीममा उनी अफ्रिदीपछि सबैभन्दा अनुभवी खेलाडी हुनेछन् । उनले विश्वकप अहिलेसम्म शतक भने बनाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment