Comments Add Comment

काँग्रेस र एमालेले मधेशलाई बेवास्ता गर्योः अनिल झा

anil jha-reporters club bhaktpur१७ माघ, भक्तपुर । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सत्तारुढ दलले मधेशका मुद्दालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा झाले विगतमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनले प्राप्त गरेका उपलब्धिहरुलाई संस्थागत गर्न पनि नयाँ संविधानको आश्यकता औल्याए ।

सत्तारुढ दल कांग्रेस र एमालेले बहुमतीय प्रक्रियाबाट संविधान बनाउन सम्भव नभएको भन्दै दुईतिहाईबाट संविधान बनाएर देखाउन चेतावनी दिए ।

कांग्रेस र एमालेका नेताहरुले गोजीबाट संविधानका विवादित विषयमा ड्राफ्ट तेर्साउने गरेकोले आफूहरु वार्तामा नबसेको उनको भनाई थियो । कार्यक्रममा आईसिटी पत्रकार विकास मञ्चद्वारा प्रकाशित आईसीटी ईन्फो पत्रिकाको विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment