Comments Add Comment

दर्शकलाई कलाकारले सोधे-‘हाम्रो नाम मिलाउनुहोस्’ ?

hostel-returns-prachar
बारम्बार एउटै कुरा सुन्दा मानिसको मनमा त्यसले स्थान लिन्छ । निर्माता सुनिल रावल यतिबेला आफ्नो चलचित्र ‘होस्टेल रिटर्न्स’लाई दर्शकको मानसपटलमा स्थापित गर्ने अभियानमा लागेका छन् ।

काठमाण्डौमा जारी ‘क्यान इन्फोटेक’मा उपस्थित हजारौ दर्शकलाई चलचित्रले हाजिरीजवाफ प्रतियोगीतामा सहभागी गरायो । उपस्थित दर्शकलाई चलचित्रका निर्देशकको नाम, कलाकारको नाम, प्रदर्शन मिति, निर्माताको नाम सोधियो । मिलाउने दर्शकलाई पुरस्कार समेत दिइएको थियो ।

पुरस्कार पाउने दर्शकले कलाकारसँग तस्बिर खिचाए र चलचित्र हेर्न जाने बाचा गरे । यो  प्रचारको नयाँ शैली हो । यस्तो शैलीलाई बलिउडले अझ धेरै महत्व  दिएको पाइन्छ ।

sasi-autography
हाजिरीजवाफ प्रतियोगीतमा निर्माता सुनिल रावल, निर्देशक सुरज भुषाल, कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, गोपाल ढकाल उपस्थित थिए । निर्माता रावलले चलचित्र हेर्ने दर्शकसँग पुग्न आफूले यस्तो प्रचार शैली अपनाएको बताए ।
विजेताले राउटर, एन्टी भाइरस, कलम लगायतका पुरस्कार प्राप्त गरेका थिए ।

वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, अभय बराल, नाजिर हुसेन, सुदाम सिके लगायतका कलाकारको अभिनय छ । चलचित्रले होस्टेल शैली अपनाउने इन्जिनियरका विद्यार्थीको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment