Comments Add Comment

यी ९ कुराले तपाइँको व्यक्तित्वलाई स्मार्ट बनाउँछ

smartमानिसलाई कुन चिजले स्मार्ट बनाउँछ ? वैज्ञानिकहरुले दशकौँदेखि यो विषयमा अनुसन्धान गर्दै आएका छन् । अध्ययनले कुनै पनि व्यक्तिको व्यक्तित्वलाई स्मार्ट बनाउनमा आमाको दुध देखि कम्मरको साइज सम्मले प्रभाव पार्ने देखाएको छ । बिजनेस इनसाइडरका अनुसार मानिसको व्यक्तित्वलाई स्मार्ट बनाउने ९ वटा सुत्र यस्ता छन्-

त्यसको निष्कर्ष निकै नै महत्वपूर्ण थियो । अध्ययन अनुसार १८ देखि २१ वर्षका मानिसहरु जसले धुम्रपान गर्थे उनीहरुको आइक्यू क्षमता ९४ थियो भने धुम्रपान नगर्नेहरुको आइक्यु क्षमता १०१ रहेको पाइयो । अझ दिनको एक पाकेट चुरोट पिउनेहरुको आइक्यु ९० भन्दा पनि कम थियो । एकै आमाका सन्तान मध्ये पनि चुरोट पिउनेहरु भन्दा चुरोट नपिउने सन्तानहरु बढि स्मार्ट वा क्षमतावान रहेको पाइएको थियो ।

संगीत सुन्नुहोस्- अध्ययन अनुसार बालबालिकाको मस्तिष्कको विकाशका लागि संगीतको महत्वपूर्ण भूमिका हुन्छ । एक अध्ययनले ४ देखि ६ वर्ष उमेरका बालबालिकामा एक महिनाको संगीत कक्षाका कारण वाक् क्षमतामा निकै सुधार भएको देखाएको छ । एक अर्को अध्ययन अनुसार ९ महिनाको पियानो कक्षा लिने ६ वर्षे बालकको आइक्यू क्षमता नाट्यकक्षा लिने वा यस्ता कक्षा नै नलिने बालबालिकाको भन्दा उच्च रहेको देखायो । सन् २०१३ मा भएको एक अर्को अध्ययनले भने संगीतले बालबालिकालाई स्मार्ट बनाउने नभै स्मार्ट बालबालिकाले बढि गीत संगीत मन पराउने तथ्य पत्ता लगयो ।

तर जे होस् व्यक्तिको व्यक्तित्वलाई स्मार्ट बनाउन संगीतले ठूलो महत्व राख्ने तथ्य भने प्रमाणित भएको छ ।

जेठो सन्तान- एक अध्ययन अनुसार परिवारको जेठो सन्तान अन्य सन्तान भन्दा बढि स्मार्ट हुने देखाएको छ । परिवारको जेठो सन्तानमा आफुभन्दा कान्छो भाइ बहिनीमा भन्दा आइक्यु क्षमता उच्च हुने र जेठो सन्तानको क्षमता अरु पछिल्ला सन्तानमा भन्दा बढि हुनुको कारण वंशाणुजन्य नभै अभिभावक र बालबालिकाबीचको मनोवैज्ञानिक अन्तरसम्बन्ध रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

पातलो जिउ- सन् २००६ मा फ्रान्समा एउटा अध्ययन गरियो ।

जसमा २२ सय जना वयस्क मानिसहरुको लगातार ५ वर्षसम्म लगातार मनोवैज्ञानिक क्षमता परीक्षण गरियो । उक्त अध्ययनले एउटा रोचक तथ्य बाहिर ल्यायो । जसको निष्कर्ष थियो, ‘बढि मोटो कम्मर हुनेको बौद्धिक क्षमता कम हुन्छ ।’

अध्ययन अनुसार मोटोपनाको सूचकको रुपमा रहेको बडी मास इन्डेक्स २० वा कम हुनेहरुले शव्दभण्डार परीक्षणका क्रममा एकपटक सुनाइएका ५६ प्रतिशत शव्दहरु सम्झिन सके । जबकी बीएमआइ ३० वा बढि हुनेले जम्मा ४४ प्रतिशत शव्द मात्र सम्झिए । मोटा मानिसहरुको स्मरण शक्ति तिब्ररुपमा ह्रास हुँदै जाने समेत अधययनले देखाएको छ ।

बिरालो पालन- गएको वर्ष गरिएको एक अध्ययनले ‘कुकुर मान्छे’ भन्दा ‘बिरालो मान्छे’ बढि क्षमतावान हुने देखाएको छ ।

यसको अर्थ घरपालुवा जनावरको रुपमा कुकुर भन्दा बिरालो मन पराउने मानिसहरु बढि क्षमतावान, ज्ञानी तथा स्मार्ट हुन्छन् । यसको कारण पनि रोचक रहेछ । घरमा कुकुर पाल्ने मानिसहरुले कुकुरलाई बाहिर डुलाइरहनु पर्ने तर बिरालोलाई भने बाहिर डुलाइरहनु नपर्दा समय बचत भई सो समयमा घरमा बसेर मज्जाले लेखपढ गर्न पाइने हुन्छ । बिरालो मन पराउनेहरु पढन्ते मात्र होइन अन्तरमुखी तथा बढि संवेदनशील समेत हुने शोधकर्ता डिनाइज गुस्टेलोले बताएका छन् ।

स्तनपान- स्तनपान, अमृत समान भन्ने उखानै छ । आमाको दुध पर्याप्त मात्रामा चुस्न पाउने बालबालिकाहरु स्वभाविक रुपमा बढि स्वस्थ तथा स्मार्ट हुन्छन् । बेलायतमा गरिएको एक अध्ययनले आमाको दुध खान पाएका बालबालिकाहरुको आइक्य क्षमता स्तनपान पर्याप्त गर्न नपाएका वा गर्दै नगरेका बालबालिकाको भन्दा बढि हुने देखाएको छ । आमाको दुधमा हुने पोषक तत्वका कारण बालबालिकाको मस्तिष्कको विकाश राम्रोसँग हुने गरेको पाइएको छ ।

मनोरञ्जनात्मक ड्रग्स- यद्यपि यो सुन्दा नै असहज तथा असत्य वा भ्रामक जस्तो लाग्छ । मानिस स्मार्ट बन्नका लागि लागु औषधको सेवन गर्नुपर्छ भन्ने यसको अर्थ हो की भन्ने लाग्नसक्छ । तर त्यस्तो होइन । वैज्ञानिकहरुका अनुसार बाल्यकालमा बढि क्षमतावान वा स्मार्ट रहेको व्यक्तिको आफ्नो युवा वा वयस्क उमेरमा गएर लागु औषधको सेवन गर्ने सम्भावना उच्च रहन्छ । अर्थात् जो मानिसले लागु औषध सेवन गर्ने गरेका हुन्छन् उनीहरु आफ्नो बाल्यकालमा निकै स्मार्ट हुने गरेका छन् ।

बायाँ हाते मानिस- यसअघि बायाँहाते मानिसहरु धेरै अपराध कर्ममा लाग्ने गरेको एक अध्ययनले देखाएको थियो ।

तर अर्को एक अधययनले भने बायाँ हाते मानिसहरु दायाँ हात बढि चल्ने मानिसहरु भन्दा बढि स्मार्ट हुने तथ्य पत्ता लगएको छ । बायाँहाते मानिसहरु बहुमुखी प्रतिभाशाली हुने र उनीहरु बढि सिर्जनशील समेत हुने शोधकर्ता बताउँछन् ।

तपाइँ कति अग्लो हुनुहुन्छ ? व्यक्तिको स्मार्टनेस र उसको उचाइबीचको तादात्म्यताबीचमा समेत वैज्ञानिकहरुबीचमा मतैक्य छैन । एक अध्ययन अनुसार खासगरी बाल्यकालमा बालबालिकाको उचाइ र उनीहरुको क्षमताबीचमा सकारात्मक सम्बन्ध रहन्छ । बढि उचाइ हुने बालबालिकाहरु होँचो कदका बालबालिका भन्दा बढि स्मार्ट हुने अध्ययनको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment