Comments Add Comment

भारतीय प्राध्यापकसँग नेपाली छात्रको यौनकाण्ड

१४, फागुन, नयाँ दिल्ली । भारतको  नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका एकजना नेपालीको  भारतीय प्राध्यापकसँगको यौनकाण्डले सनसनी मच्चिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धको साउथ एशिया स्टडिज् सेन्टरमा अध्ययनरत मधेसी मुलका ती विद्यार्थीले आफूमाथि बलात्कार गरेको अभियोगमा सह-प्राध्यापकले प्रहरीमा उजूरी गरेकी छिन् ।

साउथ एशिया स्टडिजकै ४० कटेकी प्राध्यापक र ३० कटेका विद्यार्थीबीच लामो समयदेखि यौन सम्बन्ध रहेको बुझिएको छ । विद्यार्थी विश्वविद्यालय बाहिर रहेको मुनरीका क्षेत्रमा डेरा लिएर बस्दै आएका थिए । उनीहरूबीच विश्वविद्यालय बाहिरै भेटघाट हुने गरेको थियो ।

दुबैबीच यौनसबन्ध रहँदै आएको अवस्थामा प्राध्यापकले आफूसँग विवाह गर्न दबाव दिन थालिन् । नेपाली विद्यार्थीले विवाह गर्न नमानेपछि घटना बाहिर आएको हो । प्राध्यापकले प्रहरीमा उजूरी दिएपछि विद्यार्थीले पनि दुवैबीच भएको सम्बन्धलाई सार्वजनिक गरिदिएको बुझिएको छ ।

को हुन् नेपाली विद्यार्थी ?

माओवादीका नेताका छोरा ती विद्यार्थी नेपालमा हुँदा राजनीतिमा निकै सक्रिय थिए । उनी जेएनयूको अन्तर्राष्ट्रिय विद्यार्थी परिषद्को अध्यक्षसमेत निर्वाचित भएका थिए ।

नेपालका धेरै नेताहरूसँग नजिकको सम्बन्ध बनाएका उनी जेएनयूको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको राजनीतिमा प्रभावशाली रहँदै आएका थिए ।

कुनै समय जेएनयूको राजनीतिमा नम्बर एकमा रहँदै आएको भारतीय कम्युनिष्ट पार्टीनिकट आइसासँग जोडिएर उनले राजनीतिक गरेका थिए ।

उनीमाथि यसअघि पनि यौन दुव्र्यवहारको उजूरी परेको थियो । उक्त घटनामा उनले सफाइ पाएका थिए ।

वास्तविकता के हो ?

जेएनयूमा सहमतिमा सम्बन्ध रहनु सामान्य भए पनि कसैले कसैलाई कुदृष्टिले हेरेको अवस्थामा समेत उजूरी परी कारबाही हुने गरेको बुझिएको छ ।

जेएनयूका विद्यार्थीहरूबीच लिभिङ टुगेदरमा दरार उत्पन्न भएमा बलात्कारको आरोप लगाएर उजूरी गरेका घटनाहरू धेरै छन् ।

यसअघि जेएनयूकै विद्यार्थी पवन पटेलमाथि नेपाली महिलाले लिभिङ टुगेदरमा बसेर विवाह गर्न नमानेपछि बलात्कारको उजूरी गरेको घटना अनलाइनखबरले सार्वजनिक गरेको थियो ।

पछिल्लो घटनामा पनि नेपाली विद्यार्थीको प्राध्यापकसँग यौन सम्बन्ध रहेको र विद्यार्थीले विवाह गर्न नमानेपछि प्रोफेसर प्रहरीसम्म पुगेकी हुन् ।

भारतीय कानुनमा कसैले विवाहको वाचा गरेर यौनसम्बन्ध राख्छ भन्दैमा विवाह गर्नुपर्छ भन्नै छैन । तर, विगतमा यस्तै प्रकृतिको घटनामा अदालतले बालिग युवतीलाई कसैले विवाह गर्ने वाचा गरेर यौनसम्बन्ध राखेकोमा विवाह गर्न नमाने कारबाहीको भागिदार नहुने नजीर अदालतले बनाइसकेको छ ।

यो घटनामा विद्यार्थीले विवाह गर्न अस्वीकार गरेपछि परिस्थिति जटिल बनेको देखिन्छ । अब पवन पटेलजस्तै नेपाली विद्यार्थी पक्कै समस्यामा पर्न सक्छन् ।

आरोपित नेपाली विद्यार्थीमाथि प्रहरीले कारबाही अगाडि बढाइसकेको छ । प्राध्यापकको उजूरीलाई मध्यनजरमा राखी विद्यार्थीलाई पुर्पक्षका लागि प्रहरीले थुनामा राख्ने तयारी गरेको छ ।

जेएनयुमा भएको यो यौन स्क्यान्डलले भारतीय पत्रपत्रिकामा समेत स्थान पाएको छ । भारतीय पत्रिकाले पनि प्रोफेसर र विद्यार्थीवीच पुारनो सम्बन्ध रहेको प्रहरीलाई उधृत गर्दै लेखेका छन् ।

पवन शर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment