Comments Add Comment

उखुको मूल्य तोक्न उद्योग मन्त्रालयलाई सरकारको निर्देशन

१४ फागुन, काठमाडौं । मन्त्रिपरिषद बैठकले उखुको मूल्य निर्धारण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । ओलम्पियन संगिना वैद्यलाई १५ लाख रुपैयाँ दिने निर्णय पनि भएको छ ।

singha_durbar
विहीबार बसेको मन्त्रिपरिषद बैठकले छिट्टै उखुको समर्थन मूल्य तोक्न मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि सूचना तथा सन्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

उखुको मूल्य नतोकिएको भन्दै किसानहरु आन्दोलनमा छन् । चिनी उद्योगीहरुले प्रतिक्वीन्टल ४७६ रुपैयाँ भन्दा धेरै दिन नसकिने बताए पनि किसानहरुले ५२५ रुपैयाँ दिनुपर्ने माग गर्दै आएका छन् ।

विगतमा उत्पादन लागत बढे अनुसार मूल्य पनि बढाउने सहमति भएको भन्दै किसानहरुले अघिल्लो बर्षको भन्दा १५ प्रतिशत बढी मूल्य तोकिनु पर्ने माग गरेका छन् ।

मूल्य तोक्नेबारे उखु किसान, उद्योगी र उद्योग मन्त्रालयका प्रतिनिधिहरुबीच यसअघि पटक पटक भएका वार्ता असफल हुँदै आएका छन् ।

मन्त्रिपरिषद बैठकले यमराज पाण्डेलाई नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment