Comments Add Comment

‘रसिदबिना एमाओवादीलाई चन्दा नदिनुहोला’

१५ फागुन, बिराटनगर । एकीकृत नेकपा माओवादीले रसिदबिना कसैलाई पनि चन्दा नदिन आग्रह गरेको छ । एमाओवादीले शनिवार राजधानीमा गर्ने जनप्रदर्शनको लागि भन्दै देशब्यापी चन्दा अभियान चलाएको थियो ।

Gopi-Achhami Chanda

चन्दा अभियान चलाएका एमाओवादी नेता कार्यकर्ताहरुले मनपरी पैसा उठाएपछि रसिदविना चन्दा नदिन एमाओवादी मोरङले सबैलाई आग्रह गरेको छ ।

एमाओवादी मोरङका अध्यक्ष गोपी अछामीले सामाजिक सञ्जाल फेसबुकमार्फत रसिदबिना चन्दा नदिन पेशा ब्यवसायीहरुलाई आग्रह गरेका छन् । चन्दा उठाउन जाने ब्यक्तिसँग अनिवार्यरुपमा रसिद लिन पनि अछामीले आग्रह गरेका छन् ।

चन्दा उठाउने म्याद शनिबारदेखि सकियो

उनले पहिलो चरणको सहयोग अभियान पनि शनिवारदेखि रोकिएको जनाएका छन् । शनिबार पनि कोही चन्दा माग्दै आए चन्दा नदिन अछामीले आग्रह गरेका छन् । यदि कोही चन्दा माग्दै आए र जबर्जस्ती गरे आफूलाई खबर गर्न उनले भनेका छन् ।

गुनासो सुन्ने व्यवस्था

मोरङ जिल्ला जनआन्दोलन परिचालन समितिका तर्फबाट फागुन १६ गतेको जनसभाको लागि चन्दा सहयोग गर्न ब्यापारीहरुलाई लिखित आग्रह गरिएको थियो ।

आन्दोलनको बारेमा कुनै गुनासो भएमा उजुरी गर्न भन्दै एमाओवादीले पार्टी कार्यालय तीनपैनीमा सुझाव पेटिका समेत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment