Comments Add Comment

सामसुङ ‘एस फोर’मा एक वर्ष सीडीएमए डाटा निःशुल्क

NT-Samsung-Press-meet-Final
सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले नेपाल टेलिकमको रिमकार्डसँग सामसुङ ग्यालेक्सी एस फोर बन्डलिङ गरी बिक्री सुरु गरेको छ ।

बाह्र हजार रुपैयाँमा उपलब्ध हुने उक्त सेटमा रिमसहित सय रुपैयाँ बराबरको टक टाइम र प्रत्येक महिना ३ सय रुपैयाँ बराबरको सीडीएमए डाटा १२ महिनासम्म उपलब्ध हुनेछ ।

टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले ग्रामीण क्षेत्रमा सीडीएमए प्रविधिको कभरेज विस्तार भइरहेको औंल्याउँदै गुणस्तरीय सेटको अभावका कारण सीडीएमए प्रविधिको अधिकतम उपयोग हुन नसकेको बताए ।

यस्तो बेलामा सामसुङसँग भएको सहकार्यले यो सेवाको विस्तारमा सघाउ पुग्ने आचार्यको विश्वास छ । अब देशका ग्रामीण क्षेत्रमा समेत डाटा सेवासहितको मोबाइल सेट पुग्ने र ग्राहकले देश विदेशमा सम्पर्क गर्न सहज हुने उनले बताए ।

टेलिकम वायरलेस टेलिफोन निर्देशनालयका निर्देशक लोचनलाल अमात्यले ग्रामीण क्षेत्रमा सीडीएमए प्रविधिमार्फत कम्पनीले डाटा उपलब्ध गराएको भएपनि उपयुक्त सेटको अभावमा डाटाको प्रयोग एकदमै कम भएको बताए ।

अमात्यले ग्राहकले ३.१ एमबीपीएसका गतिमा डाटा चलाउन सक्ने जानकारी दिँदै सीडीएमए प्रविधिलाई कम्पनीले अझै अपग्रेड गर्दै लैजाने प्रतिवद्धता जनाए ।

आइएमएसका अध्यक्ष दिपक मलहोत्राले सीडीएमए सेवा प्रयोग गर्ने ग्राहकले विश्वसनियता र बिक्रीपछिको सेवा सुनिश्चित भएको ब्रान्डेड स्मार्टफोनको चाहना गरेकाले सामसुङ कम्पनीलाई यो सेट उत्पादनका लागि विशेष रुपमा अनुरोध गरिएको बताए ।

सीडीएमए प्रविधिबाट इन्टरनेट डाटा प्रयोग गर्दा जिएसएम तथा अन्य डाटा सेवाको तुलनामा निकै सस्तो पर्छ । प्याकेजमा सेवा लिँदा करिव २३ पैसा प्रतिएमबीसम्म शुल्क तिर्नुपर्छ भने साधारण रुपमा ५० पैसा प्रतिएमबी डाटा चलाउन पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment