Comments Add Comment

दलीय भागवण्डामा अख्तियारमा पाँच आयुक्त सिफारिस

१५ फागुन, काठमाडौं । संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त आयुक्त पदहरुमा भागबण्डाका आधारमा ५ जनाको नाम सिफारिस गरेको छ ।

फाइल फोटो
फाइल फोटो

परिषदको शुक्रबार बसेको बैठकले साबित्री गुरुङ, दीप बस्नेत, नवीनकुमार घिमिरे, गणेशराज जोशी र राजनारायण पाठकलाई आयुक्तका लागि सिफारिस गरेको हो ।

उनीहरुको संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान छ । सिफारिसमा परेकाहरु नियुक्ति भए अख्तियार दुरुपयोग अनुसन्धान आयोग ७ सदस्यीय हुनेछ ।

परिषदको बैठकले प्रमुख पाँच दलबीच भागबण्डाको आधारमा आयुक्तको नाम सिफारिस गरेको हो ।

स्रोतका अनुसार सिफारिस भएका मध्ये पूर्वसचिव नवीन घिमिरे एमालेबाट, भोजपुरकी साबित्री गुरुङ कांग्रेसबाट र गणेशराज जोशी एमाओवादीबाट परेका छन् ।

त्यस्तै दीप बस्नेत राप्रपाको कोटाबाट सिफारिसमा परेका भने राजनारायण पाठक मधेसी दलहरुको साझा कोटामा सिफारिसमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment