Comments Add Comment

नागढुंगा क्षेत्रबाट माओवादीका लाठी बरामद

१६ फागुन, काठमाडौं । एमाओवादी नेतृत्वको मोर्चाले जनप्रदर्शन गर्न लागेपछि प्रहरीले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रहरीले नागढुंगा क्षेत्रबाट मोर्चाका कार्यकर्ताहरुले झण्डामा प्रयोग गरेका लठ्ठी समेत बरामद गरेको छ । नागढुंगा क्षेत्रबाट ५ सय भन्दा धेरै लठ्ठी बरामद भएका छन् ।

फाइल फोटो
फाइल फोटो

जाँच गर्ने नाममा मोर्चाका कार्यकर्ताहरुलाई झण्डा समेत बोक्न नदिएको भन्दै एमाओवादी मोर्चाले आपत्ति जनाएको छ । ‘गृहमन्त्रीको ठाडो आदेशमा नियतबस हाम्रा कार्यकर्ताहरुलाई दुःख दिइएको छ,’ एमाओवादी नेता जनार्दन शर्मा प्रभाकरले अनलाइनखबरसँग भने, ‘सुरक्षा जाँचका नाममा झण्डासमेत बोक्न दिइएको छैन ।’

उनले शान्तिपूर्णरुपमा सभामा सहभागी हुन नदिने सरकारको शैली खेदपूर्ण भएको बताए ।

नागढुंगा क्षेत्रमा प्रहरीले कडा जाँच गर्दा सवारी साधनको लामो लाइन लागेको छ । यात्रुहरु घण्टौंसम्म जाममा बस्न बाध्य भएका छन् ।

काठमाडौं भित्रिने प्रमुख नाकाहरु नागढुंगा, साँगा, फर्पिङ, बालाजु लगायतका क्षेत्रमा प्रहरीले सुरक्षा निगरानी कडा पारेको छ ।

राजधानीको चारैदिशाबाट जुलुस निस्कने र मोर्चाका कार्यकर्ता भित्रिने भएपछि आज राजधानीको आवत-जावत र व्यापार-व्यवसाय प्रभावित हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment