Comments Add Comment

बलिउड हिरो-हिरोइन काठमाण्डौंमा हराउँदा

Ruslaan-Mugdha

काठमाडौं । फिल्म सुटिङका लागि नेपाल आएका एक जोडी बलिउड हिरो-हिरोइन एकाएक हराएको खवरले यतिबेला भारतीय संचारमाध्यममा चर्चा पाएको छ ।

मनोज धमनको फिल्म सुटिङका लागि नेपाल आएका अभिनेत्री र अभिनेता रुस्लान मुम्ताज हराएका थिए ।

हालै सुटिङ सकेर मुम्बई फर्किएपछि उनीहरु हराएको खवर त्यहाँ दैनिक पत्रिका मिड डे ले छापेको छ ।

सुटिङबाट ब्रेक लिँदै काठमाण्डौ आसपासको दृष्यावलोकनका लागि सुटिङ युनिट दुईवटा गाडीमा निस्किएका थिए । हिरो हिरोइन चढेको गाडी अघिअघि थियो भने टीमका अरु सदस्य अर्को गाडीमा उनीहरुलाई पछ्याइरहेका थिए ।

राजमार्गतिर पुग्दै गर्दा हिरो हिरोइन चढेको गाडी अचानक हरायो । टीमका सदस्यहरुले उनीहरु चढेको गाडी खोजिरहेका थिए भने उनीहरुले टीम सदस्यको खोजी गर्दै थिए ।

अन्ततः हिरो हिरोइन चढेको गाडीका ड्राइभरले अगाडी नबढ्ने निधो गरे । उनीहरुको फोन नेटवर्कले पनि काम गरिरहेको थिएन । साँझपख काठमाण्डौमा चिसो थियो । जसले गर्दा यो जोडी आत्तिइसकेको थियो ।

करिव दुई घण्टासम्म एकले अर्काको खोजी गर्दै बिताएपछि अन्ततः हिरो-हिरोइन टीमका अन्य सदस्यको सम्पर्कमा आए ।

समाचारमा उनीहरु हराएको ठाउँ उल्लेख गरिएको छैन् । सुटिङका लागि उनीहरु करिव तीन साता नेपाल बसेर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment