Comments Add Comment

यसरी सुुरु भयो ३० दलीय मोर्चाको जुलुस

30-dal-sava-4

१६ फागुन, काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जुलुस राजधानीका विभिन्न स्थानबाट शुरु भइ खुलामन्च पुगेको छ । सभामा नेताहरूले सम्वोधन गर्ने क्रम जारी छ ।

विपक्षी गठबन्धनको जुलुस सुरु भएसँगै प्रदर्शनमा कति मानिसको सहभागिता होला भन्ने चासो सत्तापक्ष र प्रतिपक्ष दुबै दलका समर्थकहरुमा बढेको छ ।

30-dal-sava-630-dal-pradarsan-01आयोजकहरुले राजधानीमा दुई लाख मानिस उतार्ने दाबी गरे पनि १२ बजेसम्मको स्थिति हेर्दा २ लाख पुग्ने स्थिति देखिएको छैन । तर, प्रदर्शनकारीहरु थपिँदै खुलामञ्चमा जाने क्रम जारी छ ।

डा. बाबुराम भट्टराई, नन्दकिशोर पुन, शक्ति बस्नेत, नवराज सुवेदीलगायतका नेताहरुले कालीमाटीबाट जुलुसको नेतृत्व गरेका थिए । त्यस्तै बालाजुबाट देवेन्द्र पौडेल, जनार्दन शर्मा र टोपबहादुर रायमाझीले जुलुसको नेतृत्व गरेका थिए । गौशालाको जुलुसको नेतृत्व गिरीराजमणि पोखरेलले गरेका थिए ।

30-dal-pradarsan11

प्रचण्ड भने नयाँ बसपार्क र गौशालाबाट आउने जुलुसलाई केहीबेर प्रज्ञाभवन कमलादीमा पर्खेर पछि जुलुसमा मिसिएका थिए । गौशाला र बालाजुको जुलुस मिसिएपछि प्रचण्डले त्यहाँबाट नेतृत्व गरेर खुल्लामञ्च पुग्नेका थिए ।

पूर्वी कमाण्डको नेतृत्व गरेर नारायणकाजीको जुलुस तीनकुनेबाट नयाँ बानेश्वरतिर अघि बढेको थियो । तर, प्रहरीले हस्तक्षेप गरेर केहीबेर तितर बितर पारे पनि पुनः जुलुुस अघि बढेको थियो ।

त्यसैगरी सामाजिक लोकतान्त्रिक पार्टी र लिम्बुवानले भृकुटीमण्डपबाट र फोरम नेपालले बबरमहलबाट जुलुस निकाले । जुलुसमा सहभागीहरू परम्परागत जातिय पहिरनमा थिए ।

30-dal-sava-330-dal-pradarsan-13

माओवादी समर्थित राष्ट्रिय कर्मचारी संगठनको ब्यानरमा सरकारी कर्मचारीहरुले बबरमहलबाट जुलुस निकालेका छन् । विजय गच्छदारको फोरम लोकतान्त्रिकका कार्यकर्ताहरु दशरथ रंगशाला अगाडि भेला भएर जुलुस सहित खुलामन्च पुगेको छ ।

संघीय सदभावना लगायतका मधेसी दलका कार्यकर्ता भद्रकालीमा भेला भएर जुलुस सहित अघि बढेको थियो ।

30-dal-pradarsan-16

30-dal-prdarsan12

30-dal-pradarsan-17

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment