Comments Add Comment

बाबुरामले भने- ‘सहमतिमा नआए साँच्चैको फिल्म देखाइदिन्छौं’

Baburam-at-Nepalganj

१६ फागुन, काठमाडौं । एमाओवादी नेता डा. बाबुारम भट्टराईले कांग्रेस र एमालेका केही नेताहरुलाई ‘कलर ब्लाइन्ड’ (रंग नदेख्ने) रोग लागेको बताएका छन् ।

यही रोगका कारण इन्द्रेणीजस्तो रंगीन नेपालमा कांग्रेस एमालेले एउटामात्रै रंग देखिरहेको डा. भट्टराईले बताए । नेपाल विभिन्न जातजातिको रंग मिलेर बनेको डा. भट्टराईले स्मरण गरे ।

एमाओवादी नेता डा. भट्टराईले शनिबारको सभा ट्रेलरमात्रै भएको बताउँदै अझै पनि सत्तापक्षले आँखा नखोले साँच्चैको फिल्म देखाइदिने बताए । आफ्नो पार्टी दुब्लाए पनि मुसो वा बिरालो नबन्ने डा. भट्टराईले बताए । ‘हात्ती दुब्लायो भने हात्ती नै हुन्छ, मुसो हुँदैन’ डा. भट्टराईले भने, ‘बाघ दुब्लायो भने बिरालो हुँदैन ।’

कांग्रेस र एमालेले संविधानसभा अपरहण गरेको डा. भट्टराईले बताए ।

काठमाडौंको मध्यम वर्गलाई उधृत गर्दै होला डा भट्टराईले एमाओवादी नेताको टाउकाको मोल तोक्नेहरुले संविधान अपरहरण गरेकाले आन्दोलन गर्नुपरेको प्रष्टीकरण दिए । ‘के तपाई अर्को ५० वर्ष लड्न चाहनुहुन्छ ?’ डा. भट्टराईले रजानीतिक क्रान्ति पुरा नभएकाले आर्थिक क्रान्तिमा लाग्नुपूर्व राजनीतिक क्रान्ति गर्नुपर्ने बताए ।

सहमतिबाट संविधान बन्छ भन्ने आफूहरु वार्तामा आउन तयार रहेको भन्दै भट्टराईले अधिकार प्राप्त नभएसम्म क्रान्तिकारीहरु नझुक्ने डा. भट्टराईले बताए । उनले भने- ‘बाघ बूढो भए पनि घाँस खाँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment