Comments Add Comment

एमाले अब चाहिँदैन, कांग्रेसमा घुसे हुन्छ : प्रचण्ड (भिडियोसहित)

30-dal-sava-1

१६ फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले अब मुलुकमा एमाले पार्टीको आवश्यकता नरहेको बताएका छन् ।

खुलामञ्चमा आयोजित ३० दलको सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र एमाले एकै पार्टी भएको बताए । उनले भने-‘ कांग्रेस र एमाले दुई पार्टी भन्ने भ्रम हटोस् भन्ने चाहन्छु । एउटै पार्टी हो । संविधानसभा अगाडिसम्म एमाले अर्कै पार्टी हो भन्ने थियो ।’

एमाले अब नचाहिने भन्दै कांग्रेसमा घुस्न सल्लाह दिए । उनले भने-हिजो चुनावमा भोग माग्दा बहुपहिचान हुन्छ भनेको थियो । अहिले पहिचान नै सुन्न नचाहेपछि एमाले किन चाहियो । ठग्ने र भ्रष्टाचार गर्ने हो भने कांग्रेसमा बसेर पाइन्छ ।’

भिडियो हेर्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment