Comments Add Comment

राजेशलाई केकीको केक, नजिकियो नायिका र गायकको सम्बन्ध

rajesh-and-keki
नेपाली सुगम संगीत होस् या पाश्र्व गायनमा, गायक राजेशपायल राइको चर्चा सर्वाधिक छ । नेपाली चलचित्रका हरेक कलाकारसँग गायक राई नजिक पनि छन् । नायक हुन् या नायिका, राइको सम्बन्ध हरेकसँग बलियो  देखिन्छ ।

तर, शनिबार आफ्नो एक रेष्टुरेन्टको उद्घाटनमा राइले नायिका केकी अधिकारीलाई मात्र बोलाएपछि अहिले गसिप बजारले विभिन्न खालका चर्चा थालेको छ ।

आफ्नो विश्वव्यापी सांगीतिक टुर सकेपछि राजेशले काठमाण्डौको कमलपोखरीमा ‘दर्शन नमस्ते’ रेष्टुरेन्टको उद्घाटन गरेका हुन् । उनले उद्घाटनका लागि नायिका केकीलाई मात्र बोलाएपछि गसिप बजारले विभिन्न खालका अड्कलबाजी सुरु गरेको हो ।

राजेश पायललाई केकीलाई मात्र बोलाउँदा अरु नायिका पनि रिसाउलान् कि भन्ने डर छ ? तर, आफूलाई केकी विशेष मन परेको राजेशको भनाई छ । केकी पनि राजेशको फ्यान संख्या देखेर प्रभावित बनेकी हुन् । हालै मात्र एक कार्यक्रमका लागि विदेश एकसाथ पुगेपछि केकी र राजेश निकट भएका हुन् । बहराइनको कार्यक्रममा एकसाथ पुग्दा केकी र राजेशविच फोटो खिचाएर तस्बिर पोष्ट गर्ने हतारो पनि देखिएको थियो ।

केकीले क्याफे उद्घाटनका क्रममा ३० सेकेन्ड जती आँखा चिम्लिएर राजेशका लागि विस पनि गरिन् । उनले आगामी बर्षमा पनि यसरी नै केक काट्न पाइयोस् भनेर कामना गरिन् । केकीले यसो गरिरहँदा राजेशले भने-‘केकीलाई यही नै बस्न मन छ कि क्या हो ?’
आखिर के केकी र राजेशको सम्बन्ध बलियो बनेकै हो त ? दृश्यले यस्तै देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment