Comments Add Comment

सकियो अवार्ड युद्ध, प्रियंका र नीता एकसाथ

priyanka-and-nita
हुनत, चलचित्र क्षेत्रमा कलाकारहरुको दुश्मनी र कुरा काट्ने प्रवृत्ती नयाँ भने होइन । चलचित्र क्षेत्रमा को कलाकार कोसँग कतिबेला नजिक हुन्छन् भन्न नै गाह्रो छ । ‘राष्ट्रिय चलचित्र अवार्ड’ वितरणको समयमा नायिकाद्धय  प्रियंका कार्की र नीता ढुंगानाविच देखिएको वाकयुद्ध अहिले सकिएको छनक देखिएको छ ।

नायिका नीता ढुंगानाले चलचित्र ‘मसान’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउँदा प्रियंकाले खुलेरै विरोध गरेकी थिइन् । उनले नीताको ठाउँमा केकीले अवार्ड पाउनुपर्ने तर्क समेत प्रस्तुत गरेकी थिइन् । यो विरोधमा प्रियंका र नायिका ऋचा शर्मा अगाडि देखिएका थिए । केकीले पनि अवार्ड नीतालाई दिदा ठूलै स्वर गरेकी थिइन् ।

नीताले पनि आफ्नो चलचित्र ‘भूल भुलैया’को एक पत्रकार सम्मेलनमा ‘आफूले धेरै बोल्दा कसै- कसैलाई’ नपच्ने तर्क गर्दै प्रियंका र ऋचाको आलोचनातर्फ इङ्कित गरेकी थिइन् । तर, समय घर्किएको छ । यी दुई नायिका एकसाथ सानो पर्दामा  देखिएका छन् । नितिन चन्दले निर्देशन गरेको एक म्यूजिक भिडियोमा यी दुई नायिकालाई देख्न सकिन्छ । यो भिडियोमा प्रियंकाका मनपर्ने कलाकार सुरज सिंह ठकुरी मुख्य भूमिकामा छन् ।

प्रियंका र सुरजको घरवार नीताको आगमनसँगै विग्रने कथालाई नितिनले भिडियोमा देखाउन खोजेका छन् । प्रियंकाले आफूले यो कुरा विर्सिएको र व्यक्तीको भन्दा पनि तरिकाको विरोध गरेको बताएकी छिन् । तर, जे भएपनि चलचित्र विकास बोर्डले वितरण गरेको ‘राष्ट्रिय अवार्ड’मा नीता र प्रियंकाको वाकयुद्ध भने खुबै चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment