Comments Add Comment

संविधान निर्माणको काम दुई महिनामा सकिन्छः मन्त्री रिजाल

१८ फागुन, विराटनगर । सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले दुई महिनाभित्रै संविधान निर्माणको काम सकिने बताएक छन् ।

Minendra-Rijalविराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रिजालले आगामी जेठ १५ भित्रमा संविधान जारी गर्ने घोषणा गरे ।

सहमतिका साथ संविधान जारी गर्ने भन्दै रिजालले माघ ८ मा संविधान नआउँदा जनतामा निराशा बढेको बताए । सहमति निर्माण गर्न सरकारले पहलकदमी चालिरहेको भन्दै उनले जेठ १५ मा संविधान जारी हुने बताए ।

एकिकृत माओवादीसंग वार्ता र छलफलका लागी वातावरण वन्दै गएकाले संविधान जारी गर्ने मिति धेरै टाढा नजाने रिजालको भनाई छ । सहमतिका साथ अघि बढ्न आफूहरु तयार रहेको भन्दै जनताको अभिमत अनुसार काम गर्न उनले विपक्षी दललाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment