Comments Add Comment

बानेश्वरमा प्रहरीमाथि ज्यादती भएको गृहमन्त्रीको स्पष्टीकरण

फाइल फोटो
फाइल फोटो

१८ फागुन, काठमाडौं । गृहमन्त्री बामदेव गौतमले बानेश्वर झडपमा प्रहरीले दमन गरेको नभई प्रहरीमाथि ज्यादती भएको दाबी गरेका छन् ।

विपक्षी दल एमाओवादीले बानेश्वर झडपमा दमन गरेर गृह प्रशासनले कायरता प्रदर्शन गरेको आरोप लगाइरहेका बेला गृहमन्त्रीले स्पष्टीकरण दिएका हन् ।

संसदको राज्य व्यवस्था समिति बैठकमा सोमबार उपस्थित भएका गृहमन्त्री गौतमले बानेश्वर झडपमा प्रदर्शनकारीले छडले हानेर प्रहरीको हात भाँचेको र ढुंगाले टाउको फुटाएको दाबी गरे । उनले भने-‘प्रहरीको होइन, प्रहरीमाथि ज्यादती भएको छ ।’

जुलुसको स्कटिङका लागि गएको प्रहरीसँग निषेधित क्षेत्र नतोड्ने सहमति भए पनि बानेश्वर आएपछि आन्दोलनकारीले त्यसलाई तोडेको उनको आरोप छ ।

गत शनिबार खुलामञ्चमा भएको ३० दलको आमसभाका लागि तीनकुनेबाट सुरु भएको जुलुस बानेश्वरमा आएपछि प्रहरीसँग झडप भएको थियो । निषेधित क्षेत्र भन्दै प्रहरीले अवरोध गरेपछि भएको झडपमा एमाओवादीका नेता गंगानारायण श्रेष्ठसहितका नेताहरु घाइते भएका थिए ।

कमजोरी लुकाउन खोजेको आरोप

गृहमन्त्री गौतमले राजनीतिक समस्या राजनीतिक रुपबाटै समाधान गर्न सरकार तयार भएपछि विपक्षीले आफ्नो कमजोरी लुकाउन बानेश्वर घटनालाई अघि सारेको बताए ।

सत्तारुढ दलहरु लचिलो भएर संविधानसभा अनिश्चितकालका लागि स्थगित गरेको भन्दै उनले भने-‘सत्तारुढ दलका नेताहरुले सहमतिबाट संविधान बनाउने बारम्बार भनेका छन् । तर, विपक्षीले आफ्नो कमजोरी लुकाउन बानेश्वर घटना अघि सारेका छन् । यसलाई उचाल पछार गर्न जरुरी छैन ।’

चौधरीको आरोप गृहमन्त्रीमाथि

यसअघि समितिको बैठकमा फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले सरकार आफैंले बानेश्वर घटना गराउन खोजेको देखिएको बताएका थिए ।

विगत ०६२/६३ को आन्दोलनका बेला पूर्वमन्त्रीहरुलाई ताकेर हानिएको थियो भन्दै चौधरीले अहिलेका गृहमन्त्रीले पनि त्यसबेलाकै रवैया अपनाएको त होइन भनी प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment