Comments Add Comment

सुन तोलामा २ सय घट्यो

Gold१९ फागुन, काठमाडौं । मंगलबार स्थानिय बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ५१ हजार ८ सय रपैयाँ तोकेको छ । सोमबार छापावाल सुन तोलाको ५२ हजारमा किनबेच भएको थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा दुई सयले घटेर ५१ हजार ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर किनबेच भइरहेको छ । सोमबार तोलाको ७ सय ५ रुपैयाँ रहेको चाँदी मंगलबार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment