Comments Add Comment

सरकार छाड्नेबारे कांग्रेसले एमालेलाई सोध्ने

१९ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सरकार छाड्ने धम्कीबारे सत्ता साझेदार एमालेसँग सोध्ने भएको छ ।

एमालेले सरकार छाड्ने धम्की दिएपछि मंगलबार बिहान कांग्रेस पदाधिकारीसहितका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा सहमतिको प्रयाससँगै संविधान निर्माण प्रक्रिया अघि नबढाए सरकार छाड्ने सत्ता साझेदार एमालेको चेतावनीबारे छलफल भएको थियो ।

CONGRESS UML MEETING
फाइल फोटो

सहमहामन्त्री पूर्णबहादुर खड्काले अनलाइनखबरसँग भने-‘त्यसबारे सामान्य छलफल भयो । तर, एमालेले स्थायी कमिटीबाट निर्णय गरेको होइन भन्ने आएपछि थप छलफल गरेनौं ।’

नेताहरुका अनुसार मंगलबार अपराहृन ४ बजे कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक बस्दैछ । उक्त बैठकमा कांग्रेस नेताहरुले सरकार छाड्ने धम्कीबारे एमाले शीर्ष नेताहरुको आधिकारिक धारणा बुझ्ने स्रोतले बताएको छ ।

एमालेको स्यायी कमिटीको सोमबारको बैठकमा कांग्रेससँगको सत्ता साझेदारीबारे प्रश्न उठेको थियो । संविधान निर्माणका लागि कांग्रेससँग सत्ता साझेदारी गरेको भन्दै एमाले नेताहरुले संविधान निर्माण प्रक्रिया अघि नबढ्ने हो भने सत्तामा किन बसिरहने भन्दै प्रश्न गरेका थिए ।

सहमति कार्यान्यन गर्न एमालेको दबाव

कांग्रेस र एमालेबीच एक वर्षअद्धि सातबुँदे सहमति भएपछि सुशील कोइराला नेतृत्वमा सरकार बनेको थियो । माघ ८ मा नयाँ संविधान बनाउने र त्यसपछि एमालेको नेतृत्वमा सरकार बन्ने प्रमुख दुई दलको सहमति थियो ।

तर, माघ ८ मा संविधान नबन्नुका साथै कांग्रेस संविधान निर्माणभन्दा महाधिवेशनमा केन्दि्रत भएको भन्दै एमालेमा सरकारबारे प्रश्न उठेको छ ।

सातबुँदे सहमतिमा राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभाबाट अनुमोदन गर्ने उल्लेख थियो । सुरुमा एमालेले यसलाई निकै चर्कोसँग उठाएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले त संविधानसभा बैठकमा नै यो संविधानसभाले राष्ट्रपति/उपराष्ट्रपतिलाई चिन्दैन समेत भनेका थिए ।

तर, सहमति भएको एक वर्ष बितिसक्दा समेत सहमतिको उक्त बुँदा कार्यान्वयन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment