Comments Add Comment

प्रधानमन्त्री र प्रचण्डले एउटै मञ्चबाट भने- सहमतिमै संविधान आउँछ

Prachanda-and-susil

१९ फागुन, चितवन । प्रधानमन्त्री सुशील कोइराला र विपक्षीका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकैमञ्चमा उभिएर छिट्टै सहमतिबाट संविधान जारी हुने बताएका छन् ।

कोइराला र प्रचण्डले पश्चिम चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर उच्च माविको स्वर्ण महोत्सवको संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा यसै क्षेत्रबाट निर्वाचित प्रधानमन्त्री कोइराला र यसै विद्यालयमा अध्ययन गरेका प्रचण्डले छिट्टै दलहरुबीच सहमति भई संविधान बन्ने बताए ।

प्रधानमन्त्री कोइराला र प्रचण्डबीच एउटै मञ्चमा झन्डै आधा घन्टा लामो अनौपचारिक कुराकानी भएको थियो । कार्यक्रमलार्इ सम्बोधन गर्दै कोइराला र प्रचण्डले काठमाडौं फर्किएपछि वार्ता र संवादबाटै सहमति खोजेर संविधान बनाउने विश्वास दिलाए ।  प्रधानमन्त्री कोइराला र प्रचण्डले सहमतिको वातावरण निर्माण गर्न एकअर्कासँग आग्रह समेमत गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले जनताको चाहनाअनुरुपको संविधान जारी गर्न आन्दोलनरत दलहरुसँग छिट्टै सहमति हुने बताए प्रधानमन्त्री कोइरालाले भने-‘अब मुलुकलाई विकास चाहिएको छ, त्यसका लागि शान्ति र संविधान जरुरी छ ।’

सबै जाति, धर्म, समुदाय र भाषा समेटिने गरी संविधान बन्ने भन्दै उनले भने-‘तपार्इंहरु सबै ढुक्क हुनुहोस् । संविधान बनेसँगै सबैको माग पूरा हुन्छ ।’

प्रधानमन्त्री कोइरालाले मञ्चमै रहेका प्रचण्डसँग अनुमति मागेर आफूसँगै तीनपटक जय नेपाल भन्न अनुरोध गरे । उनले भने– कांग्रेस भएर होइन हिमाल,पहाड र तराई सबै नेपालको जय होस् भनेर जय नेपाल भनेको हुँ ।’

कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले केही दिनभित्रै दलहरुबीच संविधान निर्माणको विषयमा सहमति हुनेमा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री कोइरालासँग मञ्चमा अनौपचारिक छलफल भएको भन्दै उनले प्रधानमन्त्री पनि सकारात्मक देखिएकाले छिट्टै सहमति हुनेमा विश्वास व्यक्त गरे ।

राजनीतिक परिस्थिति जटिल रहेको भन्दै उनले राजनीतिक गाँठो फुकाउन सहमतिबाट संविधान निर्माण गर्नुपर्नेमा जोड दिए । काठमाडौं फर्किएलगत्तै सत्ता पक्ष र विपक्षीहरुको बीचमा वार्ताको वातावरण बनाउन यस कार्यक्रमको महत्वपूर्ण भूमिका हुने उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment