Comments Add Comment

एलजीको ‘जी ३’ ले जित्यो उत्कृष्ट स्मार्टफोनको उपाधि

कोरियाली स्मार्टफोन निर्माता एलजीले उत्पादन गरेको उच्च क्षमताको स्मार्टफोन ‘एल जी ३’ स्मार्टफोनले यो बर्षको उत्कृष्ट स्मार्टफोनको उपाधि जितेको छ ।

lg-g3-4
यो वर्षको उत्कृष्ट स्मार्टफोन घोषित एलजीको स्मार्टफोन ‘एल जी ३’

सन् २०१४ मा उत्पादित बिश्वभरका स्मार्टफोनमध्ये एन्ड्रोइड सिस्टमयुक्त एलजीको जी ३ र एप्पल अपरेटिङ सिस्टमयुक्त आइइफोन ६ ले संयुक्तरुपमा यो अवार्ड हात पारेका छन् ।

स्पेनको बार्सिलोनामा सम्पन्न ‘मोबाइल वर्ल्ड कंग्रेस २०१५’मा यी दुई स्मार्टफोनलाई उपाधि प्रदान गरिएको छ ।

३ सयभन्दा बढि बिशेषज्ञ, प्रबिधि बिश्लेषक, पत्रकार र अनुसन्धानकर्ताहरुको मतका आधारमा यो उपाधि प्रदान गरिएको हो । जीएसएम एसोसिएसनले अन्य बिभिन्न बिधामा ‘ग्लोबल मोबाइल अवार्ड २०१५’ प्रदान गरेको छ ।

iphone_6-1
आईफोन ६ ले एलजी ३ सँग यो बर्षको उत्कृष्ट स्मार्टफोनको उपाधि बाँडेको छ

एलजीले उच्च क्षमतायुक्त स्मार्टफोनमा एप्पलको आइफोन ६ र सामसुङका उत्पादनसँग प्रतिस्पर्धा गरिरहेको छ । ५.५ इन्च स्क्रिन भएको जी ३ मा, १३ मेगापिक्सेल क्यामेरा, ३२ जीबी आन्तरिक स्टोरेज (१२८ जीबीसम्म बढाउन सकिने माइक्रो एसडी), ३००० एमएएचको क्षमताको ब्याट्री, वायरलेस चार्जिङ लगायतका सुबिधा छन् ।

motorola-moto-e-3

उत्कृष्ट सस्तो स्मार्टफोनका अवार्ड मोटोरोलाको ‘मोटो इ’ ले हात पारेको छ । बेष्ट ट्याबलेटको उपाधि माइक्रोसफ्टको ‘सर्फ]{ प्रो ३’ले जितेको छ भने वेष्ट वेयरवेल टेक्नोलोजीको उपाधि मोटोरोलाकै ‘मोटो ३६०’ स्मार्ट घडीले हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment