१. मनतातो पानीले स्याम्पु तथा साबुन प्रयोग गरेर करिब आधा घण्टा लगाएर नुहाउनुहोस् ।
२. नुहाएर पनि नमेटिएका रंगका दागहरु कागती, गोलभेंडा र घ्यूकुमारी मिलाएर मेत्नुहोस् ।
३. तातो कफी, सुप वा पानी प्रशस्त खानुहोस् ।
४. शरीरमा चिलाएमा, सास फेर्न गाह्रो भएमा, ज्वरो आएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुहोस् ।
५. तातो खाना हल्का खाएर बिस्तारमा जानुहोस् ।
६, रंग, पानी तथा थकान हटाउन बडी लोसन, भिक्स वा मनतातो तोरीको तेलले शरीर हल्का मालिस गर्नुहोस् ।
७. टोपी, गलबन्दी, न्यानो कपडा लगाएर न्यानो सिरक वा ब्लान्केट ओढ्नुहोस् ।
८. शरीर दुखेमा, रुघा लागेमा वा ज्वरो आएमा एन्टीकोल्ड चक्की १ गोली खानुहोस् ।
९. निद्रा पुरा गर्नुहोस् ।
१०. थकाइ लागेपनि बिहान हल्का शारीरिक अभ्यास, मार्निंग वाक गर्नुहोस् ।
११. याद गर्नुहोस् थकाइ लागेको निहुँमा मादक पदार्थ सेवन नगर्नुहोस । यसले तपार्इँको स्वास्थ्य नाजुक बनाउँछ ।
१२. भोलि सनस्क्रिन लोसन तथा मोस्चराइजर प्रयोग गर्नुहोस् ।
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिशेषज्ञ